छाला रोग र सौन्दर्य समस्याको सम्पूर्ण उपचार गेट वेल सुनमा

डिसी नेपाल
१७ मंसिर २०७८ १२:३५

जनकपुरधाम। प्रदेश २ को राजधानी जनकपुरधामस्थित मुरली (विद्यापति) चोकमा छाला एवं सौन्दर्यसम्बन्धी सम्पूर्ण समस्याको समाधान पाइने भएको छ। गेट वेल सुन नेपाल स्कीन एण्ड हेल्थ केयर सेन्टर मंसिर २० देखि जनकपुरधाममा सञ्चालन हुन लागेको हो।

उद्घाटन हुने मंसिर २० गते बिहान १० बजेदेखि सेन्टरमा दुई विशेषज्ञ डा. प्रसन्नकुमार झा र डा. अजयकुमार झाले निःशुल्क परामर्श दिनेछन्। सेन्टरमा चर्मरोग एवं सौन्दर्य समस्याको परामर्श प्रसिद्ध विशेषज्ञ डा. प्रसन्नकुमारले दिनेछन् भने डा. अजयकुमारले बालरोग, ब्लड रोग र क्यान्सर रोगको परामर्श दिनेछन्। उक्त दिन ल्याब र औषधीमा समेत छुटको व्यवस्था गरिएको छ।

डा. प्रसन्नकुमार चर्मरोग, यौनरोग, कुष्ठरोग एवं सौन्दर्य विशेषज्ञ हुन् । उनले काठमाडौं विश्वविद्यालयबाट एमबिबिएस र भारतको प्रसिद्ध विश्वविद्यालय बनारस हिन्दू विश्वविद्यालय (बी.एच.यू)भारतबाट एमडी गरेका छन् । उनले फेलोसिप अफ एस्थेटिक मेडिसिन (फाम), जर्मनीबाट सौन्दर्य विशेषज्ञता हासिल गरेका हुन्।
डा. अजयकुमार पनि बालरोग, ब्लड रोग र क्यान्सर रोग विशेषज्ञ हुन् । उनले भारतको चण्डीगढस्थित पीजीआईबाट एमबीबीएस, एमडी एवं डीएम गरेका छन्। सेन्टरमा परामर्शका साथै फार्मेसी र प्याथोलोजी ल्याबको सुविधा छ।

गेट वेल सुनमा चर्मरोग र सौन्दर्य समस्यामा सम्पूर्ण समाधान मिल्ने हुने सेन्टरका प्रवन्ध निर्देशक डा. प्रसन्नकुमार झाले बताए । उनले भने,‘‘गेट वेल सुनमा बुटोक्स, फिलर्स, हेयर ट्रान्सप्लान्ट, लेजर, माइक्रोडर्माब्रेसन, माइक्रो निडिङका प्रविधि उपलब्ध छन्। स्कीन केयर सेन्टर प्रदेश २ मा नै पहिलोचोटि खुलेको हो। यहाँ रहेका कतिपय अत्याधुनिक प्रविधि र सेवा नेपालमै नयाँ हुन्।’’

सेन्टरमा अनुहारका दाग र धब्बा हटाउने, एसटीडी क्लिनिक, लेप्रोसी म्यानेजमेन्ट, पीआरपी, क्रेयोथेरापी, केमिकल पिल, पेडियाट्रिक्स, रगतसम्बन्धी सबै रोग, क्यान्सर उपचार पनि उपलब्ध छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *