नेहरुलाई प्रधामन्त्री भनेर हिन्दी घोकाउँदै पहाडमा पढाइएको त्यो बेला

डिसी नेपाल
१८ मंसिर २०७८ ८:११
976
Shares

नेकपा एमालेको दशौं महाधिवेशन चल्दै गर्दा २००८ देखि ११ सालताका प्रधानमन्त्री मातृकाप्रसाद कोइराला एकाएक चर्चामा आए । उनलाई छिमेकी मुलुक भारतसँग जोडेर भारतसँगको सम्बन्धमाकमजोरी प्रदर्शन गरेकोआरोप लगाइएको थियो ।

एमाले अध्यक्ष केपी ओलीले बोल्ने क्रममा भारतसँग कमजोरी प्रदर्शन गर्ने काम गरेको आरोप मातृकालाई लगाइरहँदा मैले भने आफूले स्कूले जीवनमा पूर्वी पहाडको दुर्गम ठाउँमा अनिवार्य गरिएको हिन्दी पुस्तक र कण्ठ गर्न लगाइएको भारतको राष्ट्रियगान सम्झन पुगें।

राजनीति गर्नेले एक अर्कालाई हिलो छाप्ने कुरा त स्वाभाविक होला, मलाई त्यता रुचि छैन । तर, मेरो सम्झनाको तरेलीमा हामीले नेपालको पुर्वी पहाडमा स्कूलमा पढ्दा हिन्दी भाषा अनिवार्य गरिएको र भारतको राष्ट्रियगान कण्ठस्त गर्नुपर्ने वाध्यता हरेक विद्यार्थीलाई दिइएको कुरा भने यतिबेला मातृका कोइरालाबारे कुरा निस्कँ दाताजा भएर आयो । म सम्झन्छु त्यो बेला नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइराला नै थिए ।

साल बिर्सिएँ कोइराला प्रधानमन्त्री थिए त्यो बेला । हाम्रो स्कुलमा हिन्दी भाषाको पनि पढाइ शुरु गरिएको थियो । हिन्दी भाषा पढाउने सर (गुरु) ले भाषा सिकाउँदा नेपाली भाषामा हाएँ हुएँ हुँ मेँ मैँ आदि जोडि दिनु हिन्दी भाषा भइहाल्छ भनेर सिकाउनु हुन्थ्यो । अक्षर त एउटै हुन्, सिक्नै परेन । कितावको नाम के थियो बिर्सिएँ “हमारे देशके प्रधानमन्त्रीके नाम जवाहरलाल नेहरु है” भनेर लेखिएको पुस्तक हामीहरुलाई पढाइन्थ्यो, घोकाइन्थ्यो । सोही किताबमा लेखिएको भारतीय राष्ट्रियगान कण्ठस्थ पारेर सुनाउनु पथ्र्यो। त्यो अहिलेसम्म पनि विर्सेको छैन मैंले ।

नेपालको राष्ट्रियगान भने ऊ बेलापढेको फेरिएर अर्को भइसकेको छ अहिले गणतान्त्रिक शासन व्यबस्थामा । हुन त त्यो बेला हरेक पाठहरुनै कण्ठस्थै सुनाउनु पथ्र्याे । घोकन्ती विद्या धावन्ती खेती भनिन्थ्यो त्यो बेला, अहिले पढाइको तौरतारिका नै फेरिइसकेको छ ।

हिन्दी भाषा पढाउने सर (गुरु) ले भाषा सिकाउँदा नेपाली भाषामा हाएँ हुएँ हुँ मेँ मैँ आदि जोडि दिनु हिन्दी भाषा भइहाल्छ भनेर सिकाउनु हुन्थ्यो। अक्षर त एउटै हुन्, सिक्नै परेन। कितावको नाम के थियो बिर्सिएँ “हमारे देशके प्रधानमन्त्रीके नाम जवाहरलाल नेहरु है” भनेर लेखिएको पुस्तक हामीहरुलाई पढाइन्थ्यो, घोकाइन्थ्यो।

तर हिन्दी भाषाको पढाइकेही समयपछि भने बन्द गरिएको थियो । सायद एक बर्ष चैँ पढाइ भयो होला । उनताका पाहाडमा नेपाली रुपियाँ चलनचल्तिमा नभएर भारतीय मुद्रा प्रचलनमा थियो। सरकारको स्वीकृति प्राप्त गरेपछि शुरुमा प्राइमरी लाई ९०० मिडिललाई १५०० र हाइ स्कुललाई ३६०० भारु रुपियाँ बार्षिक अनुदान स्वरुप नेपाल सरकारबाट प्राप्त हुन्थ्यो। पछि यो रकम बृद्धि गरेर क्रमशः १,७००।– ३,६००।– र ७,२००।– भारु गरियो ।

हाई स्कुलमा ११ जना, मिडिल स्कुलमा ७ जना र प्राइमरी स्कुलमा तीन जना /पाँचजना शिक्षक हुनपर्थ्यो। कुनै दिन कुनै माष्टर अनुपस्थित भएमा माथिल्लो कक्षाका विद्यार्थीले पनि तल्लो कक्षामा पढाउँथे। स्थानीय गाउँलेहरु आफैं मिलेर सर्वसम्मतिले एउटा स्कुल सन्चालक समिति गठन गर्थे । समितिको प्रमुखलाई सभापति भनिन्थ्यो तर समितिले गर्ने सबै काम कारबाही सेक्रेटरीले गर्दथे । भनौ स्कुल सन्चालनको सम्पूर्ण ब्यवस्था समितिको निर्देशनमा सेक्रेटरीको जिम्मामा हुन्थ्यो।

निर्णयहरु सर्वसम्मतिले नै गरिन्थ्यो । समितिमा हेडमाष्टरको निकै महत्वपूर्ण भुमिका रहन्थ्यो। माष्टरहरुको नियुक्ति खोसुवा, तलवभत्ता कायम गर्ने विद्यार्थीहरुको फिस तोक्ने, सारै गरिव तथा जेहेन्दार विद्यार्थीलाई फिस मिनाहा गर्ने, स्कुलको भौतिक पुर्वाधारहरुको निर्माण गर्दै लैजाने आदि इत्यादि सम्पूर्ण काम समितिका जिम्मामा हुन्थ्यो। स्कुल सम्बन्धी कुनै पनि काममा सरकारको हस्तक्षेप हुँदैन थियो।

सरकारको भुमिका भनेको पाठ्यक्रम निर्धारण गर्नु र पाठ्यक्रम बमोजिमका पाठ्यपुस्तक तोकिदिनेसम्म हुन्थ्यो। शुरु शुरुमा त खास निश्चित पाठ्यक्रम पनि थिएन। साउँ अक्षर पढ्न पढाउनका लागि ठूलो वर्णमाला नामक पुस्तक उपलब्ध थियो । बिस्तारै कक्षागत हिसाबमा पाठ्यक्रम तय हुँदै गएर बिभिन्न बिषयका पुस्तकहरु उपलब्ध हुँदै गए। प्राइमरी र मिडिल स्कुलमा हरेक कक्षामा केही नयाँ बिषय थपगरी साथै तल्लो कक्षामा पढेको बिषयमा पनि स्तरोन्नति गरिएका पुस्तकहरु पढाइन्थ्यो।

८,९ र १० कक्षामा भने केही बिषयमा एउटै पुस्तक पढाइन्थ्यो अर्थम्याटिक, अलजेब्रा, जोमेट्री (अंकगणित, विजगणित र रेखागणित ) ट्रान्सलेसन, ग्रामरका बिषयकाका एउटै कितापहरु ८,९ र १० कक्षामा पढाइन्थ्यो। भारतको म्याट्रिक परीक्षालाई नै पछि नेपालमा एसएलसी परीक्षा नामाकरण गरिएको रहेछ। नेपालमा म्याट्रिकको परीक्षा सन्चालन नहुँदा दरवार हाई स्कुलमा पढ्नेहरु कलकत्तागएर म्याट्रिक परीक्षा दिन्थे। एसएलसी परीक्षाको कोर्समा कतिपय मुख्य बिषयहरु भारतको म्याट्रिक परीक्षाको कोर्सबाटै राखिएको थियो।

श्री ५ का नामबाट राणा परिवारका श्री ३ ले १०४ बर्षदेखि चलाइ आएको हुकुमी शासनलाई २००७ सालको जनक्रान्तिले समाप्त पारेपछि राजा त्रिभुवनले २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र आएको शाही घोषणा गरी नेपाललाई राणा परिवारको शासनबाट मुक्त गरे। हाम्रो ठाउँ आठराईले जनक्रान्तिको समयमा निकै पीडा भोग्नु परेका कारण प्रजातन्त्र प्राप्त हुँदा सबै गाउँघरमा खुसीको माहोल बनेको थियो।

यसको लगतै हाम्रो गाउँ तल्लो चुहाण्डाँडामा २००२ सालदेखि गाउँलेले सन्चालन गर्दै गरेको हिउँदे अस्थाइ पाठशालालाई २००८ सालमा माथिल्लो चुहाण्डाँडामा स्थानान्तर गरेर श्री शारदा मिडिल स्कुलनामा करण गरी पढाइलाई निरन्तरता दिइयो र नेपाल सरकारसँग मिडिल स्कुलको स्वीकृतिका लागि अनुरोध पनि गरियो।

केही महिना पश्चात सरकारबाट स्कुल सन्चालनको स्वीकृति प्राप्त भएको थियो। श्री शारदा मिडिल स्कुलको हेडमाष्टरमा पं .धरणीधर न्यौपाने नियुक्त हुनु भएको थियो। शुरुमा प्राइमरी स्कुलमा कक्षा ३ केही पछिदेखि भने कक्षा ५ सम्म र मिडिल स्कुलमा कक्षा ७ सम्म पढाइ हुन्थ्यो। तल्लो चुहाण्डाँडामा कक्षा ५ सम्म पढाइ सन्चालन भइरहेको नाम बिनाको पाठशालामा करिव २०÷२५ जनाविद्यार्थी थियौँ। केटीहरु ३ /४ जना मात्र थिए।

साथीको अनुहार अलि निन्याउरो देखियो भने थाहा भइहाल्थ्यो। कि त उसले होमवर्क गरेर ल्याएको छैन कि त उसले आज बुझाउनु पर्ने पाठ कण्ठस्थ पारेको छैन। सर कक्षा कोठामा पस्दा सबै उठ्नु पर्थ्यो र सरले बस भने पछिमात्र बस्नु पर्थ्यो। झुक्किएर पहिल्यै कोही बसिहाल्यो भने ऊ सजायको भागिदार बनिहाल्थ्यो। सर क्लासबाट निस्कँदा पनि उठ्नु पर्थ्यो र मनिटरले बस भनेपछि मात्र बसिन्थ्यो।

२००८ सालमा मिडिल स्कुलको स्वीकृति पाएको शारदा मिडिल स्कुलले २०११ सालमा हाई स्कुलको स्वीकृति पाउँदाको अबस्थासम्ममा विद्यार्थीहरुको संख्या लगभग २००पुग्दा केटीहरुको संख्या १०/१५ मात्र थियो। गाउँका जान्ने बुझ्ने केही ठूलाठालु मानिसहरुमा छोरीहरुलाई पनि पढाउनु पर्छ भन्ने सोच नभएको मात्र होइन उनीहरु छोरीहरुलाई स्कुल पठाउनु हुन्न भनेर छोरीप्रति बिभिन्न नकारात्मक दृष्टिकोणहरु प्रस्तुतपनि गर्थे।

गाउँमा त्यस्ता केही अनहोनी घटनाहरु पनि घट्न गएका थिए। जुनघटनाले गर्दा छोरीहरुलाई स्कुल पठाउनु हुन्न भन्ने पक्षलाई हौसला मिलेको थियो। तर समयको मागले छोरीहरुको शिक्षा पाउने हकलाई आत्मसात गर्दै गयो। गाउँमा हिउँदको समयमा हिउँदे स्कुलहरु चलाइन्थ्यो र छोराहरुलाई मात्र पढ्न पठाइन्थ्यो। छोरीहरुलाई भने घरकै कामधन्दा ढिकी जाँतो घाँस दाउरा पानी पँधेरो मेलापातमा नै लगाइन्थ्यो।

२०२० साल सम्मपनि ज्यादै कममात्रामा छोरीहरुलाई पढ्न पठाइन्थ्यो। स्कुलमा विद्यार्थीहरुको संख्यामा करिव ८÷१० प्रतिशतमात्र केटीहरु हुन्थे। तर आज भने त्यो अबस्था छैन। कतिपय स्कुलहरुमा त छात्रहरुको भन्दा छात्राहरुको संख्या धेरै भएको पनि पाइन्छ।

हाम्रो अघिल्लो पुस्ताका औँलामा गन्न सकिने केही थोरै अग्रजहरुले मात्र बनारस कलकत्ता दार्जेलिङ र काठमाण्डू गएर अंग्रेजीभाषा र संस्कृत भाषाको अध्यन गर्ने अबसर पाएका थिए भने केहीले धुले पाठशालामा साउँ अक्षर पढ्न लेख्न शुरु गरी चण्डी, कौमदी, भानुभक्तले नेपाली भाषामा उल्था गरेको रामायण, स्वस्थानी ब्रतकथाको पुस्तक, अकबर विरवल र बेतालपचिसेका कथाका र यस्तै उस्तै कितापहरु गाउँलेहरु देश परदेश जाँदा आउँदा गाउँघरमा ल्याएका मागेर पढ्ने बाचन गर्ने र सामान्य चिठी तमसुकसम्म लेखन सक्ने हुनु गर्वकै कुरा मानिन्थ्यो। विवाहको समयमा घरगाउँले र जन्तीहरुकाबीच चल्ने कविता (श्लोक) वाचनको दोहोरी प्रतिष्पर्धाका लागि भने केही युवाहरुले भानुभक्तद्वारा नेपाली भाषामा उल्था गरिएको वाल्मीकि रामायण पुरै कण्ठस्थ पार्ने पनि गरेका थिए।

नियमित रुपमा भने हाम्रै पालामा आएर अर्थात १९९५ साल भन्दा पछि जन्मेकाहरुले भने स्कुलमा गएर पढ्न पाएको हो। आठराई मुल्पानीको भाषापाठशालाले विक्रम सम्बत १९९२ मै शिक्षाको दियो चैँ जलाएको थियो। उक्त पाठशालामा संस्कृत भाषामा कर्मकाण्डी शिक्षाको पढाइ हुन्थ्यो।

स्कुलमा चर्पीको ब्यवस्था थिएन। स्कुल छेउको बाँसघारीले पाइखानाको काम दिन्थ्यो भने भोगटे,अंगेरी धुसुरे आदिबुटाका पातहरु र ढुंगाका टुक्राहरु ट्वाइलेट पेपरको काममा प्रयोग हुन्थे। एकजना चौकिदार राखेर विद्यार्थीहरुलाई पानी पिलाउनेसम्मको ब्यवस्था चैँ स्कुलले गरेको थियो। हिटीबाट एक टिन पानी ल्याउन ४०÷४५ मिनट लाग्थ्यो। माष्टरहरुका लागि बाँसका सिक्राका ७/८ वटा छडीहरु चौकिदारले दैनिक तयारी राख्नु पर्थ्यो।

सुरुमा भौतिक सुविधाका नाममा कक्षाकोठामा लामा लामा बेन्च टेवल भित्तामा ब्ल्याकबोर्ड र माष्टरका लागि टेवल कुर्सीको ब्यवस्थासम्म थियो भने समयको गतिसँगै पुस्तकालयको निर्माण गरी केही अतिरिक्त पुस्तकहरु र विश्वको मान चित्र (नक्सा) राखिएको थियो। २०१५ सालमा एउटा भव्य छात्राबासको निर्माण गरी टाढाटाढाका गाउँबाट पढ्न आउने विद्यार्थीहरुका लागि बस्ने ब्यवस्था गरिएको थियो। टाढाबाट आएका विद्यार्थीहरु प्राय आफन्तहरुका घरमा बस्थे।

फुटबल भलिवल क्यारेम बोर्ड चेस लुडो आदिइत्यादि अतिरिक्त कृयाकलापका साधनहरु उपलब्ध थिए। कबड्डी, कक्फाइट ( कुखुराको भाले जुधाइनामको खेल ) गुडुगुट्टु, गट्टा,रस्सी तानातान पौँठेजोरी, हात लडाउने र रुमाल वाटोपी लुकाउने आदि खेलहरु स्कुलमा र गाउँ घरमा डण्डिबियो, गिर, लाक्पा , हात तानातान, खोपी, चिप्लेँटी आदि मनोरन्जनका साधन हुन्थे।

एक अर्कामा त्यो जमेको पानी छ्यापा छाप गर्दै रमाइलो गर्दै थियौँ। यत्तिकैमा घण्टी बज्यो हामी सबै सदाझैँ प्रार्थनाकालागि लाइनमा उभियौँ। हेडसर कुलप्रसाद राई चौकिदारलाई निगालाका छडी बोकाएर आउनु भयो र अघि पानीमा खेल्ने १०० जनजाति सबै केटाहरुलाई हात थाप्न लगाउँदै सुम्लाउठ्ने गरी पिट्न थाल्नु भयो। चारचोटि हात थाप भन्दापनि गडुलध्वज लिम्बुले हात नथापेपछि उनको शरीरमा जहाँसुकै हिर्काएर २वटा छडी नै भाँचिएका थिए।

स्कुल बार्षिक उत्सव निकै रमाइलो गरी मनाइन्थ्यो। स्कुल स्कुलबीच बर्ष बर्ष दिनमा हुने प्रतिष्पर्धात्मक स्पोट्स निकै उत्तेजनात्मक हुन्थ्यो। स्कुलको १० देखि ४ बजेको समय बाहेक हाम्रो पढ्ने समय भने बेलुका ६–७ बजेदेखि १० बजे सम्म हुन्थ्यो। स्कुलबाट घर आउँदा सल्लेरीको जंगलबाट सबैले एक एक अँगालो झिँजामिजा खोजेर ल्याउनु पर्थ्यो र घरमा आएर खाजा खाएर खरबारीमा गएर गाई बस्तुलाई घाँस काटेर ल्याउनु पर्ने हाम्रो नियमित कार्य हुन्थ्यो।

बिहान ६–७ बजे उठ्यो फेरि घाँस काटेर ल्यायो घोडाको तवेला गाइ बस्तु कटेरो सफागर्यो। बाल्टिन (केटाले) गाग्री (केटीले) लियो पँधेरामा गयो, हातमुख धोयो पानी लिएर आयो। म र भाइ शिवले चैँ नियमित रुपमा धाराबाट घोडालाई २ टिन पानी बोकाएर ल्याउनु पर्थ्यो साथै हजुरवा नियमित पूजापाठ गर्ने हुँदा पूजा कोठा लिपपोत गर्ने, देवताका मूर्तिहरु, कलश, थाली, चम्ची, दियो सफा गर्ने सेता राता चन्दनको गिँड चनौटामा घोटेर टीका तयार गर्ने र पूजाका लागि फूल टिपेर ल्याउनु पर्ने हाम्रो नियमित कार्य हुन्थ्यो। बेला बखत अरु भाइहरुले पनि हामीलाई काममा पालो दिन्थे। तत्पश्चात हतार हतार भात खायो र ९ बजेतिर स्कुल हिँड्यो।

कडा अनुशासन र शिक्षकको दण्ड

घडी थिएन। घाम लागेका समयमा घरको धुरीको छायाँ हेरेर समयको अनुमान गरिन्थ्यो। स्कुलमा भने अफिस कोठामा एउटा भित्ते घडी टाँगिएको हुन्थ्यो। पौने १० बजे चौकिदारले घण्टी बजाउँथे। घण्टी बज्दा प्राय स्कुलमा पुगिएको हुइन्थ्यो। यदाकदा भने बाटामा दगुर्दै। १० बजेपछि मात्र कक्षामा पुगियो भने ढिलो हुनाको उचित कारण नभएमा सजायको भागिदार हुनु पर्थ्यो।

साहित्यकार वाहिमाल यस्तै नामबाट नामाकरण गरिएका ४ वटा हाउसहरुका लाइनमा पंक्ति बद्धभएर स्कुल अगाडिको ग्राउण्डमा उभियो (हाउसका नामहरु हरेक बर्ष फरक फरक राखिन्थे), लाइनहरु स्कुल क्याप्टेनको कन्ट्रोलमा हुन्थे। कुनै एकजना सर आएर सरस्वती बन्दनाबाट प्रार्थना गराएपछि लाइनैसँग सबै विद्यार्थीहरु आ–आफ्नो कक्षामा जान्थ्यौँ। ज्यादै कडा अनुशासनको पालना गर्नु पर्थ्यो। हातको छडीले सरहरुको पहिचान हुन्थ्यो।

कुनै कुनै सरहरुले त बोकेको छडी उसै दिन भाँचि सक्थे र भोलि पल्ट नयाँ छडी बोक्थे। कक्षा कोठामा प्रवेश गरेपछि छात्र–छात्राहरुमा सन्नाटा छाउँथ्यो। कारण एउटै हुन्थ्यो आज सरले के गर्ने हुन्। भनौँ आज सरले कस्तो सजाय दिने हुन्।

हरेक कक्षामा अलिक जान्ने फुर्तिलो केटालाई क्लासको मनिटर बनाइन्थ्यो। कक्षा भित्र अरु सबैलाई अनुशासनमा राख्ने उसको जिम्मामा हुन्थ्यो। बेन्चमा अघिपछि जहाँ बसे पनि हुन्थ्यो तर केटीहरु चैँ अगाडिको बेन्चमा बस्थे। बाँकी केटाहरु त्यस दिनको बुझाउनु पर्ने पाठ कण्ठस्तै छ भने अगाडि नत्र पाएसम्मप छाडि बसिन्थ्यो।

कुनै न कुनै कारणले कुनै न कुनै सरबाट कसै न कसैले सजाय नपाएको भने दिनै हुँदैनथ्यो। होमवर्क गरेर ल्याउनु पर्ने रहेछ भने सर आउनु पहिल्यै मनिटरले सबैका कापीजम्मा गरेर सरको टेवलमा चिटिक्क पारेर चांग मिलाएर राख्नु पर्थ्यो। कुनै साथीको अनुहार अलि निन्याउरो देखियो भने थाहा भइहाल्थ्यो।

कि त उसले होमवर्क गरेर ल्याएको छैन कि त उसले आज बुझाउनु पर्ने पाठ कण्ठस्थ पारेको छैन। सर कक्षा कोठामा पस्दा सबै उठ्नु पर्थ्यो र सरले बस भने पछिमात्र बस्नु पर्थ्यो। झुक्किएर पहिल्यै कोही बसिहाल्यो भने ऊ सजायको भागिदार बनिहाल्थ्यो। सर क्लासबाट निस्कँदा पनि उठ्नु पर्थ्यो र मनिटरले बस भनेपछि मात्र बसिन्थ्यो।

हरेक कक्षाका लागि एकजना सरलाई क्लास टिचर बनाइएको हुन्थ्यो। उनी क्लास टिचर भएको क्लासका विद्यार्थीहरुको कक्षा बाहिर पनि रेखदेख नियन्त्रणको उनैको जिम्मामा हुन्थ्यो। १० बजेभित्र सबै विद्यार्थी कक्षाकोठा भित्र प्रवेश गरिसक्नु पर्थ्यो।

१०.५ मा सरहरु पनि क्लासरुममा पसिसक्नु पर्थ्यो। लामो रजिस्टरमा विद्यार्थीहरुको नाम लेखिएको हुन्थ्यो। तल्लो कक्षा पास गर्दाको कुन स्थानमा पास भएको थियो सोही रोलक्रम बमोजिम रजिस्टरमा नाम लेखिन्थ्यो। कुनै विद्यार्थी फेल भएर पनि पढेको छ भने उसको नाम सबैभन्दा तल लेखिन्थ्यो। कोठामा प्रवेश पछि सरको पहिलो काम विद्यार्थीहरुको हाजरी गर्नु हुन्थ्यो। सरले १ नं बाट नाम बोलाउनु हुन्थ्यो र विद्यार्थीले उठेर “यस् सर”भन्नु पर्थ्यो।

अघिल्लो दिन कोही गयल भएको थियो भने गयल हुनुको कारण खुलाएर प्रधानअध्यापकलाई सम्बोधन गरेर चिठी लेखेर अभिभावकलाई सही गराएर लगेर क्लास टिचरलाई बुझाउनु पर्थ्यो।

दिएको होमवर्क गरेर नल्याउँदा पाठ बुझाउन नसक्दा क्लासमा अनुशासन पालन नगर्दा बदमासी हेरी १ चोटि देखि ३/४ चोटिसम्म छडीले हतकेलामा पिटाई पाइने, कनसिरी माथिको कपाल तानि दिने, कान समाएर २० देखि १०० चोटिसम्म उठबस गर्नु पर्ने, एक खुट्टाले १० मिनटदेखि आधा घण्टासम्म उभिनु पर्ने, टाङ्गमुनि हात छिराएर दुबै हातले दुबै कान समाएर निगुरमुन्टिलगाएर १५ मिनटसम्म रहनु पर्ने, भित्तामा खुट्टामाथिटाउको तलपारेर हात टेकेर १५ – २० मिनट बिताउनु पर्ने, औँलाकाबीचमा पेन्सिल (सिसाकलम) राखेर सरका हातले औँला चेपिदिने, दुई जनालाई एक अर्काका कान तानातान गर्न लगाउने बिस्तरै ताने सरले छडीले हिर्काउने र स्कुल छुट्टीपछि आधा घण्टासम्म क्लासमा थुनेर राख्ने आदि कक्षा भित्रका सजायका प्रकार थिए। हरेक आइतबार सबैको ब्यक्तिगत सरसफाइको निरीक्षण हुन्थ्यो।

स्कुल छुट्टी पछि सरासर घर नगएर बाटामा खेलेर समय बिताउनु अनुशासनमा नबसेको मानिन्थ्यो। त्यहाँ गोल खेल्दै गरेका हामी ८÷१० केटाहरु भागेर सरको मान त राखेकै थियौँ तर एलपी सरलाई त्यतिले चित्त बुझेन छ र पछि तत्कालै हामी केहीलाई हाम्रा घरघरमा नै गएर छडीले सुम्लै सुम्ला हुने गरी पिट्नु भयो। एक जनालाई त राति ज्वरो आएर भोलिपल्ट स्कुल जान पनि सकेनन्।

लुगा सफा छ छैन, दाँत माँझेको,हात खुट्टाका नङ काटे नकाटेको, कपाललामो पाल्न पाईँदैन थियो। नुहाए ननुहाएको सरहरुले जाँच गर्थे। नुहाएको रहेनछ भने चौकिदारका साथ लगाएर हिटिमा नुहाउन पठाउँथे। कक्षा कोठभित्रमात्र नभएर स्कूल हाता भित्र अनुशासन उल्लंघन गरेमा पनि सजाय पाउनु सामान्य जस्तै थियो।

एकदिन राति पानी परेको हुँदा स्कुलको ग्राउण्डमा अलिअलि पानी जमेको थियो। केही केटाहरु स्कुल पुगेपछि घण्टी लाग्नु पहिले त्यो जमेको पानीमा कुद्दै उफ्रिँदै एक अर्कामा त्यो जमेको पानी छ्यापा छाप गर्दै रमाइलो गर्दै थियौँ। यत्तिकैमा घण्टी बज्यो हामी सबै सदाझैँ प्रार्थनाकालागि लाइनमा उभियौँ।

हेडसर कुलप्रसाद राई चौकिदारलाई निगालाका छडी बोकाएर आउनु भयो र अघि पानीमा खेल्ने १०० जनजाति सबै केटाहरुलाई हात थाप्न लगाउँदै सुम्लाउठ्ने गरी पिट्न थाल्नु भयो। चारचोटि हात थाप भन्दापनि गडुलध्वज लिम्बुले हात नथापेपछि उनको शरीरमा जहाँसुकै हिर्काएर २वटा छडी नै भाँचिएका थिए।

स्कूल वाहिर पनि पिटिन्थ्यो

एक दिन तल्लो चुहाण्डाँडाबाट स्कुल जाने हामी १२÷१५ जना केटाहरु बेलुका घर फर्कँदा बाटामा चउरमा कपडा काटुक्रालाई गुटुमुटु पारेर बनाएको झुम्राको डल्लो (गोल) खेल्दै थियौँ। सोही बाटो भएर एलपी सर घर फर्कँदै गरेको देखेपछि हामी सबै भाग्यौं।

स्कुल छुट्टी पछि सरासर घर नगएर बाटामा खेलेर समय बिताउनु अनुशासनमा नबसेको मानिन्थ्यो। त्यहाँ गोल खेल्दै गरेका हामी ८/१० केटाहरु भागेर सरको मान त राखेकै थियौँ तर एलपी सरलाई त्यतिले चित्त बुझेन छ र पछि तत्कालै हामी केहीलाई हाम्रा घरघरमा नै गएर छडीले सुम्लै सुम्ला हुने गरी पिट्नु भयो। एक जनालाई त राति ज्वरो आएर भोलिपल्ट स्कुल जान पनि सकेनन्।

चुरोट प्रायःकसैले खाने प्रचलननै थिएन। माष्टरहरुले पनि चुरोट खाएको जस्तो लाग्दैन। विद्यार्थीले धुम्रपान गर्नु अनुशासन उल्लंघन गरेको मानिन्थ्यो। कोही खाने भएपनि स्कुल कम्पाउण्ड भित्र कसैले खाँदैन थिए। एकजना सी एम सरले चैँ सुर्तीको पात र चुनाहातमा मोलेर धुलो बनाएर खैनी बनाएर खाने गर्नु हुन्थ्यो।
आफ्ना विद्यार्थीहरुलाई कुट्नु पिट्नु शिक्षकको हकअधिकार नै मानिन्थ्यो।

स्कुलका सम्पूर्ण विद्यार्थीहरुलाई नियन्त्रण गर्न र अनुशासनमा राख्न ४ वटा हाउसका नाममा विद्यार्थीहरुलाई बिभाजन गरी एकजना सिनियर विद्यार्थीलाई हाउस माष्टर बनाइन्थ्यो र सबै हाउसलाई रेखदेख र नियन्त्रण गर्न माथिल्लो कक्षाको सिनियर विद्यार्थीलाई “स्कुल क्याप्टेन” बनाइन्थ्यो। विष्णुप्रसाद सिटौला हाम्रो स्कुलको पहिलो क्याप्टेन बनेका थिए। उनीलगातार तीन चार बर्षसम्म क्याप्टेन बनेका थिए।

छोटकरीमा भन्नु पर्दा स्कुलमा एकदमै कडा अनुशासन कायम गरिएको हुन्थ्यो। सायद त्यस बेला त्यो जरुरी पनि थियो नै होला। नेपाल सरकारले स्कुलहरुको निरीक्षण गर्न भने स्कुल इन्सपेक्टर पठाउने गर्थ्यो। त्यसबेला आठराई क्षेत्रमा चारवटा हाईस्कुलहरु सन्चालनमा थिए। हाम्रो स्कुलमा स्कुल निरीक्षण गर्न तेह्रथुमबाट पहिलो पटक स्कुल निरीक्षक नारद मुनि उप्रेती आएका थिए।

२०११ सालमा श्री शारदा मिडिल स्कुलले हाई स्कुलको स्वीकृति पाएपछि स्कुल सन्चालक समितिले माष्टरहरुको तलव भत्ता निर्धारण गरीवी ए पासलाई रु २००।–आई ए पासलाई रु.१५०।– एस एल सी पासलाई रु.७५।– एसएलसी भन्दासम्म वा त्यो भन्दा कम दिने व्यबस्था गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *