बिहान उठ्नसाथ नगर्नुहोस् यी गल्तीहरु

डिसी नेपाल
१९ मंसिर २०७८ ९:५५

बिहानीको सुरुवात कस्तो हुन्छ ? त्यसको प्रभाव दिनभरी नै हुने गर्छ । यदि बिहानको समय राम्रो भएन भने दिनभरीनै नराम्रो हुन्छ भनिन्छ । आज हामी बिहान उठ्नसाथ गर्न नहुने कुराहरुका बारेमा जानकारी दिदैंछौं ।

रिसाउने झगडा गर्ने- दिनको सुरूवात सँधै सकारात्मक हुनु पर्छ । बिहान उठ्न साथ कोही सँग पनि रिसाउने झगडा गर्ने बानीले नकारात्मक प्रभाव पर्ने र तनाव हुने हुन्छ ।
मसालेदार खाना-बिहानको समय मसालेदार खाना खानाबाट टाढै बस्नु पर्छ । मसालेदार खाना खानाले धेरै प्रकारका रोग लाग्ने हुँदा बिहान सकेसम्म पौष्टीकयुक्त खाना खानु राम्रो हुन्छ ।

धूम्रपान-धूम्रपान कुनै पनि बेला गर्न सकिन्छ, धुम्रपान गर्नु स्वास्थ्यलाई नोक्सान पुर्याउनु हो। तर, बिहान उठ्ने बित्तिकै धुम्रपान गुर्न धेरै नै खतरनाक हुन सक्छ । यसले क्यान्सर हुने संभावनाबढी हुन्छ ।
रक्सी –  बिहान उठ्नासाथ रक्सी खानाले हाम्रो स्वास्थ्यमा असर पर्छ र हामी विभिन्न रोगको शिकार हुन सक्छौँ ।

कफि पिउने- विशेषज्ञहरुका अनुसार बिहान कफि पिउनाले कार्टिसोल (हर्मोनको नाम, जसले प्रोटीन र कार्बोहाइड्रेटको मेटाबोलिज्ममा सक्रिय भूमिका निर्वाह गर्छ)को मात्रा बढाउँछ । त्यसैले बिहान उठ्ने बित्तिकै खालि पेट कफि पिउनु राम्रो हुन्न ।
अशान्त हुने कार्यक्रम नहेर्ने- यदि तपाईँ बिहान उठेर टिभी हेर्ने गर्नु हुन्छ भने मनै अशान्त हुने भड्किलो कार्यक्रम नहेर्नुस् । यसले तपाईको मूड बिगार्ने हुँदा तपाईको स्वास्थ्यलाई पनि असर पार्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *