किन खेर जान्छ गर्भ ? यस्ता छन् कारण

डिसी नेपाल
२० मंसिर २०७८ १३:५९

आफूसँग स्वस्थ शिशु खेलेको हेर्ने रहर हरेक आमा बुवाको हुन्छ । तर कहिले काहीँ यो सपना साकार हुन एकदमै मुस्किल पर्छ । नेपालमा १५ देखि २० प्रतिशत महिलाको गर्भ खेर जाने गरेको विभिन्न अध्ययनले देखाएकाे छ । सामान्यतया गर्भ खेर जाने समस्याबाट आम महिलाहरु पीडित हुने गरेका छन् । गर्भ खेर जानु एक जटिल समस्या हो । जसका कारण हरेक महिलाहरुले समाजमा नराम्रो गाली गलौजहरु सुन्ने गरेका छन् ।

गर्भ खेर जानुका कारणहरु
–गर्भ रहेको पहिलो तीन महिनामा भ्रूणको अवस्था कमजोर भएमा र असमान्य भएमा ।
–गर्भ रहेको दोस्रो तीन महिनामा गर्भवती महिलाको खाना र स्याहार र हेरचाह राम्रो नभएमा ।
–खानपिनमा धेरै ध्यान नदिनु, धेरै भागदौड गर्नु, शरीर र गर्भलाई दबाब पर्ने काम गर्नु एउटा बच्चा जन्माइसकेपछि छिटै अर्को गर्भ रहेमा ।
– गर्भवती अवस्थामा गह्रौ भारी बोक्ने, जथाभावी यौन सम्पर्क राखेमा ।
– व्यक्तिको लापरवाही, विभिन्न रोग लागेमा ।
लक्षणहरु
–गर्भ खेर जाँदा भेजनाइनल डिस्चार्ज अर्थात योनिबाट गाढा रातो रङ्गको रगत आउँनु ।
– गर्भ रहेको सुरुवाती समयमा हल्का पीडा हुनु अर्थात कुनै समयमा सहन नसक्ने गरेर पीडा हुनु ।
–गर्भ रहेको अवस्थामा अचानक महिलाको तौल घट्नु ।
–बच्चा नचलेको शंका लाग्नु ।

बच्ने उपायहरु
–कठिन काम नगर्ने ।
–शरीरलाई आराम दिने।
–लामो यात्रा नगर्ने ।
–शरीरलाई सजिलो हुने जुत्ता चप्पाल र कपडा लगाउने।
–पोषणयुक्त सन्तुलित आहार सेवन गर्ने।
–प्रदुषणयुक्त स्थानमा नबस्ने।
–घरवरिपरी स्वच्छ राख्ने।
–जङकफुड नखाने, घरमा बनाइएको स्वस्थकर खाने कुराहरु खाने।
–आइरन चक्की फोलिक एसिड र बी कम्प्लेक्सको सेवन गर्ने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *