टर्कीमा एकै दिन २० हजार जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु

डिसी नेपाल
२१ मंसिर २०७८ १३:४९

अंकारा।  टर्कीमा एकैदिन २० हजार जना कोरोना  संक्रमित फेला परेका छन्। टर्कीको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार मात्रै २० हजार ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

साथै, सोमबार नै  कोरोनाबाट १८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोना  संक्रमणबाट अहिलेसम्म टर्कीमा ७८ हजार जना भन्दा बढीको ज्यान गइसकेको छ । – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *