थप ६ लाख मात्रा कोभिसिल्ड खोप नेपाल आउँदै

डिसी नेपाल
२२ मंसिर २०७८ ९:०१

काठमाडौं। कोभ्याक्स सुविधामामार्फत बुधबार थप  ६ लाख डोज कोभिडसिल्ड खोप नेपाल आउने भएको छ ।

कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख  डोजमध्ये दुइपटक गरी ७ लाख २५ हजार र ९ लाख ७२ हजार गरी १६ लाख ९७ हजार डाेज खोप आइसकेको छ।

नेपालमा मंगलबारसम्म १ करोड ९२लाख ८५ हजार १९७ डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा  कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी नै रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *