ओखलढुंगामा एचआईभी एड्स परीक्षणको दायरा बढाइँदै

डिसी नेपाल
२३ मंसिर २०७८ १७:२०

काठमाडौं ।ओखलढुंगामा एड्स परीक्षणको दायरा बनाउने तयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सुषुप्त अवस्थामा रहेको एड्स संक्रमण दरको वृद्धि रोक्न अभियान चलाउने तयारी गरेको हो ।

एड्सबारेको भ्रमका कारण बिरामी खुलेर उपचारका लागि स्वास्थ्य संस्थामा नआउने स्वास्थ्यकर्मीहरू बताउँछन् । जिल्लामा १४ जना संक्रमितले उपचार सेवा लिइरहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्पराज पन्तले बताए । सरकारले एड्स रोगीको निस्शुल्क उपचार गर्दै आएको छ ।

पहिचान खुल्ने र समाजबाट तिरस्कृत हुने डरले बिरामी खुल्न नचाहेकाले सचेतना समुदायलाई नै आवश्यक रहेको पन्तको भनाइ छ । जिल्ला अस्पतालमा मात्र परीक्षण तथा उपचार सेवा रहेकोमा अब दायरा बढाएर पालिका तहमा पुर्‍याउने लक्ष्य छ । पालिकाबाटै सचेताना अभियान र परीक्षण तथा उपचार सेवा दिने हो भने संक्रमण नियन्त्रण हुने अपेक्षा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख अहमद मन्सुरीले जानकारी दिए ।

संक्रमित भएर ओखलढुुंगाका सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका मध्ये १० जना ओखलढुंगा, एक जना खोटाङ र तीन जना सोलुखुम्बुका रहेको बताइएको छ । संक्रमणदर न्यून रहे पनि थप नियन्त्रण गर्दै परिवार तथा समुदायलाई सुरक्षित राख्न पालिका तहबाट परिक्षण तथा उपचार गर्न छुट्टै युनिट व्यवस्थापन गरिने मन्सुरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *