शनिबार नर्भिक अस्पतालमा यी रोगका बिरामीलाई निःशुल्क सेवा
काठमाडौँ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भोली शनिवार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा दिने भएका छन्। नर्भिक अस्पतालका अनुसार अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरीले शनिबार निःशुल्क ओपीडी सेवा दिने भएका हुन्।
पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएका बिरामीले डा. चौधरीबाट शनिबार निःशुल्क सेवा लिन सक्ने अस्पतालले जनाएको छ। निःशुल्क ओपीडी सेवा शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म दिइनेछ।
सामाजिक उत्तरदायित्वअन्तर्गत नर्भिक अस्पतालले केही महिनादेखि हरेक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गरिरहेको छ । निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment