ब्वायलर पुस्ता र सांस्कारिक मान्यता

डिसी नेपाल
२५ मंसिर २०७८ ६:४२

मिति २०७८ भदौ ९ गतेको डिसी नेपाल डट कममा मेरो एउटा लेख प्रकाशित भएको थियो। लेखको शीर्षक ”जेनेरेसन ग्याप र नयाँ पुस्तामा नेतृत्वहस्तान्तरण” थियो। लेखलाई धेरै पाठकहरूले मनपराएर शेयर पनि गरिदिनुभएको थियो।

सो लेखमा हाल विश्वव्यापी रूपमा रहेका सात पुस्ता अर्थात् महान् पुस्ता, मौन पुस्ता,बेबीबुमर्स पुस्ता, एक्स पुस्ता,वाई पुस्ता,जेड पुस्ता र सबैभन्दा पछिल्लो अल्फा पुस्ताको विश्लेषण गर्दै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको पक्षमा विचार प्रवाह गरिएको थियो। त्योअनुसन्धानमूलक लेख थियो। यस लेखमा भने साङ्केतिक रूपमा पुस्ताको नामकरण गरी सामाजिक विषय उठाने जमर्को गरेको छु।

नेपाली शब्दकोषले ब्वायलर शब्दलाई मासु खाइने विकासे कुखुराको एक जात भनी परिभाषित गरेको छ। यो शब्द अङ्ग्रेजीको ब्रोइलरबाट आएको हो। चलनचल्तीमा नेपाली समाजमा ब्वायलर कुखुरा भन्नाले लोकल कुखुराभन्दा विपरीत अर्थमा लिइने हलक्क बढ्ने कुखुराबुझिन्छ। यस लेखमा ब्वायलर कुखुराको प्रसङ्गप्रतीकात्मकहिसाबले मात्र ल्याइएको हो।

गाउँमा दुख गरेर शिक्षा आर्जन गरी आर्थिक अवसर, व्यापार, व्यवसाय, रोजगारी आदिका लागि सहर छिरेका र कालान्तरमा सहरको चुम्बकले तारेर कसैगरी तारतम्य मिलाएर शहरमा बसोबासको व्यवस्था गरेका बाबुआमाकापुलपुलिएका सन्तानलाई यस लेखमा ब्वायलर पुस्ता भनी सङ्केत गरिएको हो। यो नितान्त साङ्केतिक मात्र हो। होनहार नयाँ पुस्तालाई अपमान गर्न खोजिएको भने पटक्कै होइन।

अहिले ब्वायलर पुस्ता हामी सबैको घरमा छ। माथि भनिएका जेड पुस्ता र अल्फा पुस्तालाई एकै शब्दमा भन्दा ब्वायलर पुस्ता भन्न सकिन्छ।आफ्नै धरातलमा टेक्नुको सट्टा काल्पनिकतामा रमाउने यस पुस्ताको प्रवृत्ति रहेको छ। तसर्थ यस पुस्ताको विश्लेषण यस पुस्ताका सुधार्न गर्न आवश्यक केही कुराबाट सुरु गरौं।

यो पुस्ताका निकै ठूला भइसकेका सन्तानलाई पनि आमाबाबुले खुवाउन लखेट्नुपर्ने तथा चम्चाले गाँस नै मुखमा पुर्‍याइदिनु सामान्य हो। नुहाएर भित्री वस्त्र बाथरुम फालेर हिँड्ने र आमाबाबुलाई धुवाउने पुस्ता पनि यही हो।बाबुआमाले आफ्ना सङ्घर्षकायथार्थ कुरा सुनाएर सिकाउन खोज्दा काल्पनिक कथा बनाएको ठानी बाबु आमालाई कचकचे,पाखे, केही नजान्ने दन्त्यकथाको पात्र जस्तो ठान्छ। अलिहुर्केर किशोर वयमा पुगेका यस पुस्ताका सन्ततिअश्लील साइटको कुलतमा परेको पनि यदाकदा देखिन्छ।

यो पुस्ताका नखरा, सोख, आनीबानी, चालचलन तथा सोच बाबुआमाका भन्दा भिन्न छन्।हाम्रा पुर्खाले म्लेच्छ भाषा वा गाइखाने भाषा भनी उपनाम दिएको अङ्ग्रेजी भाषालोकल पुस्ताले इन्डियन याक्सेन्टमा कनीकुथी मात्र बोल्छ भने ब्वायलर पुस्ताले अमेरिकन वा ब्रिटिस याक्सेन्टमा जिब्रो बटारेर खरर बोल्छ। तर आफ्नो भाषा अप्ठ्यारो गरी अमेरिकन वा ब्रिटिस लवजमा बोल्न चाहन्छ। लोकल पुस्ताले आठलाई ऐट भन्दा यसले हाहा ऐटऐट भनेर जिस्क्याउँछ। बाबुले मल्टी भन्दा मल्टाइ र आमाले भिटामिन भन्दा भाइटामिन भन्नुपर्छ भनेर सिकाउँछ।

काम सिध्याएर भन्दैन काम सकाएर आउँछुभन्छ। उनासी रुपियाँ पसलमा गएर तरकारी किने बापतको उधारो तिरेर आइज त बाबु भन्यो भने उनासी भनेको कति हो थट्टीनाइन हो भन्छ। हैन सेभेन्टीनाइन हो भन्नुपर्छ। अर्थात् नेपाली गन्तीका अङ्कमा दशभन्दा माथि गन्नुपरेपसिना छुट्छ भने अङ्ग्रेजी न्यूमेरिकल्सखरर। अलिकति भिन्न नेपाली शब्द आयो भने यसलाई अङ्ग्रेजीमाके भन्छ भनी सोध्ने गर्छ।

यो पुस्ताले भात खुवाउँदा वा रिसाएको बेला फुल्याउन मोवाइल फोनको भिडियो चित्र वा सङ्गीत सुन्ने बानी आमाको दूध चुस्नु भन्दाअगाडि गर्भबाट नै लिएर आएको थियो। लोकल पुस्तामा एउटा बाबुआमाबाट जन्मिएका एक बीस सन्तान हुँदा तीनै एक बीस मध्येका लोकल बाबुआमाबाट एक वा दुई मात्र तर कतै लिङ्ग पहिचान गरी चाहना अनुसार जन्माएका विरलै गरी तीन सहोदर भन्दा बढी भेट्न नपाइने यो पुस्ताको ढाँचा र ढर्रा अनुपम छ।

राजनीतिमा पटक्ककै रुची छैन। उद्यम, व्यवसाय, घर, समाज र राष्ट्र बनाउने सोचै छैन।कम्प्युटरमा वा मोवाइल फोनमा गेम खेलेर रात बिताइँदिन सक्छ। एसइइ गर्न पाएको छैन अमेरिका, बेलायत,क्यानेडा वा अष्ट्रेलिया भासिएर कसरी उतै सेटल हुने भन्ने भूत सवार छ। उत्तर आधुनिक सोच छ तर त्यसलाई पूरा गर्न आवश्यक पर्ने क्षमता र साधन स्रोतको कमी छ। ब्वाय फ्रेन्ड वा गर्ल फ्रेन्ड नभएको यो पुस्तामा विरलै भेटिएला। पश्चिमी संस्कारको नक्कल गर्नमा निपुण तर आफ्नो संस्कार सम्बन्धमा भने बेखवर।

यो पुस्ताका निकै ठूला भइसकेका सन्तानलाई पनि आमाबाबुले खुवाउन लखेट्नुपर्ने तथा चम्चाले गाँस नै मुखमा पुर्याभइदिनु सामान्य हो। नुहाएर भित्री वस्त्र बाथरुम फालेर हिँड्ने र आमाबाबुलाई धुवाउने पुस्ता पनि यही हो।बाबुआमाले आफ्ना सङ्घर्षकायथार्थ कुरा सुनाएर सिकाउन खोज्दा काल्पनिक कथा बनाएको ठानी बाबु आमालाई कचकचे,पाखे, केही नजान्ने दन्त्यकथाको पात्र जस्तो ठान्छ।

अलिहुर्केर किशोर वयमा पुगेका यस पुस्ताका सन्ततिअश्लील साइटको कुलतमा परेको पनि यदाकदा देखिन्छ।इलेक्ट्रोनिक डिभाइसमा लिप्त हुनु, एउटा कोठाभित्र दिन गुजार्न सक्नु, बाहिर को आयो को गयो मतलब नहुनु,भरसक सामाजिक कार्यमा सरिक हुन नखोज्नु र एकलकाँटे हुन खोज्नु पनि यो पुस्ताका आम विशेषता मध्ये पर्छन्।

अव यो पुस्ताका सकारात्मक पक्ष पनि केलाऔं। सूचना प्रविधिमा अव्वल छ। संसारमा माध्यम भाषाका रूपमा बोलिने अङ्ग्रेजीमा माथि नै भनियो छुरा छ। विश्वभरिकासेलीब्रेटी, खेलाडी वा गायक गायिकाको नाम कण्ठ छ।

आफ्नो रुचिको क्षेत्रका संसारभरिका कुरा तत्काल थाहा पाउँछ अर्थात् रुचिको क्षेत्रको गहिरो ज्ञान राख्छ। अन्धविश्वास र कु-संस्कारको विरोधी पनि छ। जातभात, भेदभाव र छुवाछूतमा विश्वास राख्दैन। समाज परिवर्तनको चाहना राख्छ। यो निकै सकारात्मक कुरा हो। तर कसरी गर्ने भन्ने पक्षमा ध्यान दिन जरुरी ठान्दैन। अरू कुरामा बाल मतलब।

यसको कारण विश्लेषण गर्दा गाउँबाट लोकल पुस्ताको रूपमा सहर प्रवेश गरेको पुस्ता नै लोकल नरहेर यस्तो भएको हो। आधा जीवन लोकल रहेको पुस्ता जीवनको उत्तरार्द्धमा तलभन्दा माथि नै नजिक हुन थालिसकेको अवस्थामा ब्वायलरमारूपान्तरणभैदिदाब्वायलरकै रूपमा जन्मेको पुस्ता ब्वायलर रहनु स्वाभाविक हो।

हामीले सयौं शृङ्खलाका हिन्दी सिरियल हेरेर समय बिताएका छौं। तर छोरा छोरीलाई समय दिएका छैनौं। उनीहरूका कुरामा चासो देखाउने गरेका छैनौं। के गर्दैछन् विचार गरेका छैनौं। साथै हामीले आफ्ना सन्तानलाई स्वावलम्बी बन्न कहिल्यै पनि सिकाएनौं।

दुख गरेरमात्र सुख पाउन सकिन्छ भन्ने चेत बाल मस्तिष्कमा छिराउन सकेनौं। कि त हामीले आफैँअवैध कमाएर सन्तानको विलासितामा खर्च गर्यौंछ अथवा दुख गरेर कमाएको वैध धन पनि अनावश्यक कुरामा खर्च गर्यौंच।

हामीले नयाँ पुस्तालाई संस्कार, पहिचान, राष्ट्र प्रेम, जातीय प्रेम, धर्म संस्कृति, नैतिकता, सहिष्णुता, लगन, धैर्य, परिश्रममा विश्वास, कामको पूजा गर्ने परिपाटी अनुकूल बनाउन सकेनौं। किनभने यी सबै कुरा हामीले आफै पालना गरेनौं। नयाँ पुस्ताका लागि उदाहरणीय बन्न सकेनौं।सामाजिक सञ्जालको अत्याधिक प्रयोग र शहरी जीवनको अधकल्चो रौनकमा हामीले बच्चाहरूलाई सानैदेखि दिन आवश्यक रहेको असल संस्कार दिन बिर्सन थालेका छौं।

“यदि तिमी कुनै राष्ट्रलाई नष्ट गर्न चाहन्छौ भने त्यसको संस्कृतिलाई नष्ट गर।” भनेर भनिन्छ। यसबाट संस्कृतिको संरक्षण गर्ने कार्य कुनै राष्ट्रका लागि कति महत्वपूर्ण छ भन्ने पनि स्पष्ट हुन्छ। यसै सन्दर्भमा “मानिसहरूलाई नष्ट गर्ने सबैभन्दा प्रभावकारी तरिका भनेको तिनिहरूको इतिहास र संस्कृतिको आफ्नै बुझाइलाई इन्कार गर्नु र मेटाउनु हो।” भनेर जर्जओरवेलले भनेका छन्। महात्मा गान्धीका विचारमा राष्ट्रको संस्कृति त्यहाँका जनताको हृदय र आत्मामा बसेको हुन्छ।

संस्कार आत्मा, मन वा बुद्धिको खेती हो। संस्कारजन्य कुराहरू समुदायको सामूहिक व्यवहार ढाँचा, नैतिकता र धर्मप्रतिको दृष्टिकोण, भाषा, साहित्य, सङ्गीत, कला र सभ्यताको अवस्था, शैक्षिक र मनोरञ्जन संस्थाहरूको स्थापना, सामाजिक-आर्थिक तथा राजनीतिक संस्थाहरूको अवस्थाले पनि निर्धारण गर्छ। संस्कार हाम्रो सामाजिक व्यवहार र मान्यताहरूको समग्रता पनि हो। संस्कारले हाम्रो पहिचानलाई आकार दिन्छ।

हाम्रो ज्ञानको तह, कानुनी व्यवस्था, सामाजिक संरचना, पारिवारिक संरचना, विश्वास, अभ्यास, बानी, रीति रिवाज, परम्परा, चाडपर्व, खाना, पोसाक, अभिवादनआदि हाम्रा संस्कारका विभिन्न पाटो हुन्। त्यसैले असल संस्कारको बीजलाई मस्तिष्कभित्र दह्रोसँग रोपेर सानैदेखिजरा गाड्न सफल भयो भने मात्र भविष्यमासंस्कारित बनेर राम्रो फसल दिनेछ। अन्यथा बाल अवस्थाको मस्तिष्कमा जस्तो संस्कार रोपिएको छ त्यस्तै संस्कार बन्छ जुन अपेक्षा गरे जस्तो हुने सम्भावना अत्यन्त न्यून रहन्छ। संस्कार असल भए संस्कृति र गलत भए विकृतिको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा सर्छ।

“यदि तिमी कुनै राष्ट्रलाई नष्ट गर्न चाहन्छौ भने त्यसको संस्कृतिलाई नष्ट गर।” भनेर भनिन्छ। यसबाट संस्कृतिको संरक्षण गर्ने कार्य कुनै राष्ट्रका लागि कति महत्वपूर्ण छ भन्ने पनि स्पष्ट हुन्छ।

यसै सन्दर्भमा “मानिसहरूलाई नष्ट गर्ने सबैभन्दा प्रभावकारी तरिका भनेको तिनिहरूको इतिहास र संस्कृतिको आफ्नै बुझाइलाई इन्कार गर्नु र मेटाउनु हो।” भनेर जर्जओरवेलले भनेका छन्। महात्मा गान्धीका विचारमा राष्ट्रको संस्कृति त्यहाँका जनताको हृदय र आत्मामा बसेको हुन्छ।

त्यसैले हाम्रो सांस्कारिक मान्यता र संस्कृति भनेको हाम्रो पहिचान हो। असल संस्कारलाई पुस्तौँ पुस्ताजोगाएर राख्नु पर्छ।तर परम्पराका नाममा चलेका अन्धविश्वास र कु-संस्कारलाई भने सुधार गर्दै लैजानुपर्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *