सुदूरपश्चिमः थप एकको मृत्यु, तीन जनामा सङ्क्रमण

डिसी नेपाल
२५ मंसिर २०७८ २१:५२

काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा शनिबार थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टीजेन विधिबाट २९२ जनाको नमूना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरटी पिसीआरमार्फत एक र एन्टिजेन विधिमार्फत दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा एक र एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

यसअघि शुक्रबार यस प्रदेशमा तीन जनामा सङ्क्रमण पुष्टि हुँदा तीन जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६११ जनाको ज्यान गइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *