कमल थापालाई चिन्न दरबारलाई ४४ वर्ष लाग्यो

डिसी नेपाल
२७ मंसिर २०७८ ७:४३

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले जीवनमा एक पटकमात्र चुनाव जिते । नारायणी अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ थिए। राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा चैत महिनामा कमल थापा हार्न थाल्यो भनेर बत्ती निभाइएको थियो। त्यसपछि थापालाई जिताइयो मतगणना स्थलबाट ।

आधादर्जन भन्दा बढी मण्डले मतगणना स्थलमा पुगेका थिए। लामो समयसम्म मतगणना भएन। अन्तमा मतगणना गराएर कमल थापालाई जिताइयो। लक्ष्यबहादुर त्यो बेलामा मैतीदेवीमा बस्थे, ‘त्यो केटो कुरा गर्ने? पोल खोल्दिउँत्यसपछि कमल थापा चम्किए। तर कहिल्यै चुनाव भने जितेनन्। जहाँ गए टिके भएर आए। सिङ्गो पार्टी हाँके। त्यो सबै दरबारका साथ र सहयोगले ने भएको थियो।

अहिले पनि पार्टी फोड्न खोजेका थिए तर कसैले पनि पार्टी फोड्न दिएनन्। यसअघि उनकै जिद्धी र रुखो स्वार्थीपनका कारण राप्रपा पटक पटक फुटेको थियो। यसपालि त थापाले आफ्नो हैसियत दुनियाँ सामु देखाइछाडे। कतिसम्म दरबारले ढाकछोप गरोस् त। गत हप्ता पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको सचिवालयले स्पष्ट ग¥यो। पटक पटक सचिवालयले स्पष्ट पार्दै आएको छ।

कुनै विवादित विषय उठ्यो र पूर्वराजाको ट्वीटर अकाउन्टबाट सम्प्रेषित हुँदै आयो भने सचिवालय यसैगरी सूचनाजारी गर्दै जानकारी गराउँदै आएको छ। पूर्व राजाको सम्वाद सचिवालयले बिहीबार बले की एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, ‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ। यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ।‘’ त्यस्त पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जालनचलाउने सूचनामा जनाइएको छ।

यसरी पटक पटक आउने सूचना आफूहरुको नभएको उल्लेख गर्दै आए पनि अहिलेसम्म उक्त अकाउन्ट बन्द गर्नका लागि भने कुनै पहल नभएको बुझिन्छ। यही ट्वीटर र फेसबुकमा आएका सूचनाका आधारमा संचारमाध्यममा समाचार बन्दै आउँदा झनै अन्योल बढ्ने गरेको छ ।

अनि राप्रपामा अध्यक्षमा पराजित भएपछि कमल थापा यिनै ट्वीटर अकाउन्टसँग जुध्दै आए। आफूले अध्यक्षमा चनाव हारेपछि पूर्व राजपरिवारलाई तथानाम गाली गरे। आफूलाई हराउन दरबार लागेको आरोपसमेत लगाए । तीसबै गुनासो र आक्रोश उनले तिनै ट्वीटरमा पनि ट्याग गरे । तर पूर्वराजाको सचिवालयले पठाएको सूचनाले भने कमल थापा कोसँग अल्झिरहेका रहेछन् भन्ने स्पष्टै हुन्छ ।

त्यसो त उनी आफ्नै पार्टीकी नेतृ रेखा थापासँग पनि अल्झेका थिए। उनले आफ्नै नेतृलाई महामन्त्रीमा उम्मेदवारी दिँदा उडाइरहका थिए। आफ्नै पार्टीका नेताहरुसँग जुध्दै जाँदा आफू भने लामो समयदेखिको विरासत खडा गरेका थापा अध्यक्षबाटै चिप्ले। आफू हारेपछि उनले पूर्वराजपरिवारलाई गाली गरे। उनले आफ्नो एजेन्डा नै राजसंस्था र हिन्दूधर्म नेपालमा पुनः स्थापित गराउने भएको भन्दै आफलाई हराउन राजसंस्था लागेको उनको आरोप छ ।

तर कमल थापाले यो भुले कि अहिले कमल थापा भनेर चिनाउने त्यही राजसंस्था नै हो । राजसंस्थाले नै २०३४ सालमा कमल थापालाइ नारायणी अञ्चलको गाउफकँ अभियानका सचिव बनाएको थियो २०३६ सालमा सविधान सुधार आयोगकोे सदस्य बनायो। त्यसपछि युवक संगठनको अध्यक्ष बने । राजसंस्थाल ं ने उनलाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य बनायो। निरन्तरअगाडि बढ्दै जाँदा उनी यहाँसम्म आइपुगे त्यो सबै राजसंस्थाकै कृपा थिथो ।

तर तिनै थापाल राजसंस्था फाल्न ं अन्य दलको निर्णयमा लालमोहर लगाइदिए । नेपाललाई गणतन्त्र घोषणा गर्दा रोएनन् । उनले सडकमा आन्दोलन गरेर कार्यकर्तालाई खटाएनन्। बस कहिँकतै झण्डा देखाएर विरोध गर्न लगाए ताकि दरबारको माया पाइराखौं । आशीर्वाद पाइराखौं । उनले नेपालको गणतान्त्रिक संविजारी हुँदा पनि विश्वकै उत्कृष्ट संविधान भन्दै प्रतिक्रिया दिए । जसका कारण उनी गणतन्त्र सरकारमा पटक पटक मन्त्री भए ।

उनले राजसंस्थालाई धोका दिए । तर अहिले आएर राप्रपाका कार्यकर्ताले दिएको मतबाटै उनी पछारिए । र फेरि गाली गरे राजसंस्थालाई । कमल थापा ‘शून्य’ मा झरे । अब सम्भवतः पूर्वराजपरिवारले उनलाई साथ दिने छैन । चुनाव हारेपछि कार्यकर्ताको मतको कदर गरेको भए कति जाती हुन्थ्यो । यसबाट यो स्पष्टै भयो कि जन स ु स्कारबाट उनी राजनीतिमा आए त्यही  प्रतिक्रिया दिए ।

तर थापाले एउटा कुरा भुले कि नेपालमा गणतन्त्र नआएको भए सम्भवतः यति धेरै आलोचनासहित पूर्वराजालाई गाली गर्दा जेलमा कोचिन पनि सक्थे । स्रोतका अनुसार उनी गणतन्त्रवादी भएको र युरोपियन युनियनसँग लागेको दरबारल थाहा पाएपछि  राजा शालाइ कमल थापालाई भेट नदिएको वर्षौं भइसकेको छ ।

र, पनि आफलाई पूर्व राजाको आशीर्वाद रहेको कहिल्यै बताउन छाडेनन् । अब आशीर्वादको आयू सकियो । आफैंले ढोक्न नजाने संकेत गरे । ठूलाबडाको आशीर्वाद नै नभएपछि थापा कहाँ जालान् । धन्य ४४ वर्षमा दरबारले कमल थापालाई चिन्यो त्यही ठूलो कुरा । अब थापामात्र हैन दरबारका नाम लिएर स्वार्थ लिने हरु सबैलार्ई सतहमा पु¥याउने काममा दरबार लाग्यो भने बदनामबाट जोगिने छ । दरबारले आफैले सधै जनताकै लागि काम ग¥यो । बदनाम त थापाकाजीजस्ता अमूक नामहरुले नै गरेका हुन् भन्नेहरु हजारौंको संख्यामा भेटिन्छन् ।
जनभावना साप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *