टन्सिल भएकाे छ ? यस्ता छन् हटाउने उपायहरु

डिसी नेपाल
२८ मंसिर २०७८ १३:३२
512
Shares

जाडो महिनामा धेरै मनिसले टन्सिल भएर गाह्रो भएको कुरा सुनाउने गर्दछन् । टन्सिलको समस्या सबै उमेर समूहका व्यक्तिलाई हुनसक्ने भए पनि यसबाट मुख्य प्रभावित हुने भनेको बालबालिका नै हो। टन्सिल के हो त ? टन्सिललाई मेडिकल भाषामा टन्सिलाइटिज भन्ने गरिन्छ।

टन्सिल भनेको शरीरको कलेक्सन अफ लिम्फोर टिस्यु हो । जसमा शरीरले उत्पादन गर्ने तत्वहरु हुने गर्दछन् । जुन स–साना ग्लान्ड्सहरु रहेको हुन्छन् । आँ गर्दा जिब्रोका दुवैतर्फ देखिने त्यस्ता डल्लालाई टन्सिल भनिन्छ । वास्तवमा यो ग्रन्थी शरीरको रोग प्रतिरोधात्मक ग्रन्थी हो। टन्सिलाइटिज भाइरस या ब्याक्टेरियाको कारणले हुने गर्छ । प्रायजसोलाई टन्सिलाइटिज आफैं हप्ता दिनमा निको हुने भए तापनि केहीलाई भने एन्टिबायोटिक्सकै लिनु पर्ने हुन्छ ।

टन्सिल जुनसुकै उमेर समुहका मानिसहरुलाई पनि लाग्न सक्छ । टन्सिलाइटिज नाम सुन्दा एकदम सामान्य रोग जस्तो लागे तापनि ब्याक्टेरियाबाट हुने टन्सिलाइटिजका तत्कालीन र दीर्घकालीन जटिलता भने एकदमै खतरापूर्ण हुन सक्छन्।

टन्सिल हुँदा के हुन्छ ? टन्सिल हुँदा सय डिग्रीभन्दा माथी ज्वरो आउने गर्छ । साथै घाँटी दुख्ने , श्वास गन्हाउने, खाना र थुक निल्दा अप्ठयारो हुने, घाँटीमा भएका गिर्खाहरु ठूलो हुने, मुखभित्र हेर्दा पछिल्तिर दुवै भागमा टन्सिलको आकार ठूलो हुने जस्ता लक्षणहरु देखा पर्दछन्

यस्ता छन् टन्सिलबाट बच्ने उपाय

–टन्सिल भएमा तातो पानीको नियमित सेवन गर्नु पर्छ ।
– तातो पानीमा प्याजको रस मिलाएर घाँटीमा कुल्ला गरेमा आराम मिल्नुका साथै टन्सिलबाट छुटकारा पाउन सकिन्छ ।
–प्याजलाई पिसेर जुस निकालेर एक कप मनतातो पानीमा मिलाएर घाँटीमा गार्गेलिङ गर्नु पर्छ ।
–नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । जसले गलामा आराम मिल्छ ।
–अदुवा, इलायची र मरिचको चियाले गलाको खराशमा आराम मिल्छ ।
–प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्ने फ्रिजको वा अन्य कुनैपनि चिसो चिजको सेवन नगर्ने ।
– निल्दा दुख्ने सारो खानेकुरा, चिल्लो र पिरो नखाने ।
–न्यानो कपडाले घाँटीलाई ढाक्ने ।
–घर बाहिर निस्कदा नियमित माक्सको प्रयोग गर्ने ।
–गाँजरको जुस पिउदा टन्सिलमा राहत मिल्छ ।
–एक चम्चा बेसार तातो दुधमा राखेर पिउनुपर्छ ।
–कागती र महको मिश्रण तातो पानीमा मिसाएर सेवन गर्नुपर्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *