श्रीलंकाविरुद्ध कुशुमले अग्रपंक्ति समाल्ने

डिसी नेपाल
२९ मंसिर २०७८ १४:३४

काठमाडौं। मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यु–१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा दुई खेलाडी परिवर्तन गरेका छन् । फरवार्ड कुशुम खतिवडा र डिफेण्डर सविना चौधरीलाई स्थान दिँदै प्रशिक्षक श्रेष्ठले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध विमला विक र दिपा शाहीलाई बाहिर राखेका हुन् ।

श्रीलंकाविरुद्ध नेपाली टोलीका कप्तान गोलरक्षक अन्जना राना मगरले समाल्नेछिन् । यस्तै, डिफेन्समा सलोनी राना मगर, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का र मेनुका कुमारी आले मगरले निरन्तरता पाएका छन् ।

मिडफिल्डरमा प्रीति राई, सविता राना मगर, रश्मि कुमारी घिसिङले स्थान बनाउँदा फरवार्डमा रजनी थोकरसँगै कुशुमले मौका पाएकी छिन् ।

अघिल्लो खेलमा भुटानविरुद्ध कुशुमले ४८ मिनेट पछि मात्रै मौका पाउँदा सविना भने बेन्चमै थिईन् ।

आज श्रीलंकाविरुद्ध नेपाल पहिलो जितको खोजीमा रहनेछ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

नेपाली टोली –
गोलरक्षक – अन्जना राना मगर (कप्तान)
डिफेन्डर– सविना चौधरी, सलोनी राना मगर, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का
मिडफिल्डर– मेनुका कुमारी आले मगर, प्रीति राई, रश्मि कुमारी घिसिङ र सविता राना मगर
फरवार्ड– रजनी थोकर र कुशुम खतिवडा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *