आज वर्षा र हिमपातकाे सम्भावना
काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिमका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाकाे आँकलन गरिएकाे छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। शनिबार कर्णाली तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको आँकलन गरिएकाे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment