वेस्ट इन्डिजमाथि पाकिस्तानको ‘क्लिब स्विप’

डिसी नेपाल
२ पुष २०७८ ८:२४

काठमाडौं। वेस्टइन्डिजलाई तेश्रो खेलमा ७ विकेटले पराजित गर्दै पाकिस्तानले तीन टी-२० खेलको शृंखला ३-० ले ‘क्लिन स्विप’ गरेको छ। कराँचीमा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको २०८ रनको विशाल लक्ष्य पाकिस्तानले ७ बल बाँकी रहँदै भेटायो।

पाकिस्तान ओपनर मोहम्मद रिजवान र बाबर आजमले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गरे। आजमले ७९ रन बनाउँदा रिजवानले ८६ रन बनाए। वेस्टइन्डिजका बलर रोमारियो शेफर्ड, डोमिनिक ड्रेक्स र ओडेन स्मिथले समान १-१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । उसको कप्तान निकोलस पुरनले सर्वाधिक ६४ रन बनाए । यस्तै शामराह ब्रुक्सले ४९ रन, ब्राण्डन किंगले ४३ तथा डेरेन ब्राभोले अविजित ३४ रनको योगदान गरे ।

पाकिस्तानका बलर मोहम्मद वासिमले २ तथा शाहनवाज दहानीले १ विकेट लिए । सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल पाकिस्तानले ६३ रन र ९ रनले जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *