स्पेनिस ला लिगा: बार्सिलोना विजयी

डिसी नेपाल
४ पुष २०७८ ८:३८

काठमाडौं। स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इल्चेलाई ३–२ अन्तरले पराजित गरेको छ । शनिबार राति नोउ क्याम्पमा भएको खेलमा जाभी होर्नाण्डेजको बार्सिलोनालाई जिताउँन फेरान जटग्ला , गाभी र निकालोस गोन्जालेजले एक एक गोल गरे । भ्रमणकारी टोली इल्चेको लागि जस मोरेन्ट र पेरे मिलाले गोल गरे ।

साँतौ जित निकाल्ने क्रममा बार्सिलोनाले सुरुआती २ गोल गरेको थियो । त्यसपछि इल्चे खेलमा फर्किएपनि गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई तीन अंक दिलाए ।

जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक सहित साँतौं स्थानमा छ । इल्चे समान खेलबाट १५ अंक सहित १६ औं स्थानमा छ ।

यता, शनिबार राति नै भएको खेलमा एट्लेटिको मड्रिड सेभियासँग २–१ अन्तरले पराजित भयो । घरेलु मैदानमा सेभियाको जितमा इभान राकिटीक र लुकास ओकाम्पोसले गोल गरे भने एट्लेटिकोको लागि फिलिपे सान्त्वना गोल गरे ।

जितसँगै सेभिया १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा छ भने २९ अंक बनाएको एट्लेटिको पाँचौं स्थानमा छ । ला लिगामा ४२ अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *