हाच्छ्युँ गर्दा कुर्सीबाट लडे डेभिड वार्नर, साथी खेलाडीहरु तर्सिए (भिडियो)

डिसी नेपाल
४ पुष २०७८ १३:०९

काठमाडौं। अस्ट्रेलियाको एडिलेडमा भइरहेको डे–नाइट टेस्टमा अस्ट्रेलियाको टिम बलियो स्थितिमा देखिएको छ । दोस्रो इनिङमा अस्ट्रेलियाले इङल्याण्डमाथि ४०० रनभन्दा धेरैको अग्रता बनाइसकेको छ । यही खेलमा मैदानबाहिर गजबको दृश्य देखियो । यो घटनाको भिडियो तीब्र रुपमा भाइरल भइरहेको छ ।

अस्ट्रेलियाका खेलाडी डेभिड वार्नर दोस्रो इनिङमा तेस्रो दिनमा नै आउट भएका थिए । ड्रेसिङ रुममा बसिरहेका बेला उनलाई हाच्छ्युँ आयो । हाच्छ्युँ यति कडा थियो कि उनी बसेको कुर्सीको सन्तुलन बिग्रियो । उनी हाच्छ्युँ गर्नासाथ पछाडितिर लडे । यो घटनाले साथमा बसेका स्टिभ स्मिथ र जस्टिन लेंगर तर्सिए । वार्नरको यो भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

डेभिड वार्नरले एशेज सिरिजमा राम्रो प्रदर्शन गरिरहेका छन् । पहिलो खेलमा उनले ९४ रन बनाएका थिए । दोस्रो खेलमा पहिलो इनिङमा उनी ९३ रनमा आउट भए । डे–नाइट टेस्टमा अस्ट्रेलियाले ४७३ रनमा इ विकेटको क्षतिमा इनिङ डिक्लेयर गरेको थियो । जवाफमा इङल्याण्ड २३६ रनमा अलआउट भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *