स्पेनिस ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो

डिसी नेपाल
५ पुष २०७८ ७:२८

काठमाडौँ। स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ। गए राति भएको खेलमा रियल कार्डिजसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान बर्नबेउमा भएको खेलमा रियलले गोलका लागि थुप्रै प्रयास गरेपनि तीन अंक जोड्न असफल रह्यो।

गएरातीका अन्य खेलमा ग्रानाडा, एल्थ्लेटिको बिल्बाओ र गेटाफे विजयी भए । ग्रानाडाले मालार्कालाई ४–१, एथ्लेटिको बिल्बाओले रियल बेटिसलाई ३–२ र गेटाफेले ओसासुनालाई १–० गोलले पराजित गरे ।

बराबरीपछि पनि रियल १८ खेलबाट ४३ अंकसहित ला लिगाको शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको सेभिल्लाको ३७ अंक छ । हार व्यहोरेको रियल बेटिस ३३ अंकसहित तेस्रो स्थानमा छ । कार्डिज भने रेलिगेसनमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *