स्पेनिस ला लिगा : १० खेलाडीमा सीमित सेभियासँग बार्सिलोना रोकियो
काठमाडौं। क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा दश खेलाडीमा सीमित सेभियासँग बराबरीमा रोकिएको छ। मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली सेभियासँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँडन बाध्य भएको हो।
खेलमा अग्रता एलेजान्द्रो गोमेजको गोलमा सेभियाले ३२औं मिनेटमा बनायो। उनले पूर्वबार्सिलोनाका खेलाडी इभान राकिटिकको पास सदूपयोग गरे। हाफ अघिनै बार्सिलोनाले खेल बराबरीमा ल्यायो। ४५ मिनेटमा औसमाने डेम्बेलेको पासमा रोनाल्ड अरौजोले गोल गर्दै भ्रमणकारी टोलीलाई बराबरीमा ल्याए। खेलको ६४ मिनेटमा सेभिया १० खेलाडीमा सीमित भयो। उसका जुल्स कोउन्डेले सिधै रातो कार्ड ब्यहोरेका थिए।
पछिल्लो समय बार्सिलोनाले खराब प्रदर्शन गरिरहेको छ भने सेभिया भने उच्च प्रदर्शन गर्दै उपाधि दाबेदारी प्रस्तुती दिरहेको छ। बराबरीसँगै सेभिया १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ। यता, बार्सिलोना समान खेलबाट २८ अंकसहित सातौं स्थानमा छ। गए राति नै भएको भिल्लारियलले डिपोर्टिभो अलाभेसलाई ५–२ अन्तरले पराजित गरेकाे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment