कीर्तिपुर–चन्दागिरी साहसिक साइकल ट्रेल उद्घाटन

फुर्पा शेर्पा
८ पुष २०७८ १८:३४

काठमाडौं। नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्र्तगत कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिमा निर्माण गरेको चन्दागिरी साहसिक साइकल ट्रेलको बिहीबार उद्घाटन भएको छ ।

कीर्तिपुर नगरपालिका ४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६,७,८ र ९ मा निर्माण गरिएको उक्त टे«ल बोसनडाँडा देखि विभिन्न स्थान हुँदै चन्द्रागिरी केवलकारको वेस स्टेशनसम्म पुगेर टुङ्गिन्छ । करिब १५ किलोमिटर लम्बाईको उक्त साइकल ट्रेलको पूर्वमन्त्री तथा सांसद राजन कुमार केसीले बिहीबार उद्घाटन गरे। कार्यक्रममा पूर्वमन्त्री केसीले कोभिडले पर्यटन क्षेत्र तहस नहस भएको समयमा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुकासाथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण हुनु सकारात्मक भएको बताए । उनले नेपालमा पर्यटनका लागि अथाह सम्भावना र सम्पदाहरु रहेको उल्लेख गर्दै देशको आर्थिक विकासको लागि पर्यटनलाई प्रााथमिकतामा राख्नु पर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव न्युनिकरण गर्न र पर्यटन पुनरुत्थानका लािग बोर्डले निरन्तर पहल गरिहको जानकारी दिँदै यो परियोजनाबाट बनेका संरचनाहरुको दीगो व्यवस्थापन र सञ्चालनका लागि स्थानीय तह अघि सक्रिय रहनु पर्ने बताए । उपाध्यक्ष रिजालले सिमित स्रोत र साधनका बाबजुद पनि बोर्डले पर्यटन पुनरुत्थानकालागि काम गरिरहेको जानकारी दिए। यस्तै युएनडीपीका नेपाल स्थित आवासिय उपप्रतिनिधी बर्नाडो कोकोले यस परियोजनाले थोरे भएपनि अल्पकालीन रोजगारी सिर्जनामा सहयोग गरेको उल्लेख गर्दै नेपालको दीगो पर्यटन विकासमा युएनडीपीको सधैं सहयोग रहने बताए । यस्तै यस्तै युएनडीपीका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले पर्यटन बोर्डसँगको सहकार्यबाट सञ्चालित परियोजनाको काम सन्तोषजनक रहेको बताउँदै कोभिड संक्रमणले पर्यटन मजदुर बेरोजगार बनेको समयामा यस परियोजनाले पर्यटन मजदुरका लागि थोरै भएपनि राहतको काम गरेको बताए।

चन्द्रागिरी नगरपािलकाका नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले पर्यटकीय पूर्वाधार विकास तथा धार्मिक सांस्कृतिक पर्यटन प्रर्वद्धनमा जोड दिएको बताउँदै यो परियोजना मार्फत निर्माण भएको संरचनाहरुको संरक्षण र दीगो सञ्चालनमा नगरपालिकाले सधै ध्यान दिने बताए । कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश मर्हजनले अहिले भइरहेका गतिविधीले पर्यटनलाई चलायमान बनाउन सहयोग पुगेको उल्लेख गर्दै परियोजनाबाट बनेका संरचनाहरुको अपनत्व ग्रहण गर्दै यसको दीगो सञ्चालनका लागि नगरपालिका प्रतिवद्ध रहको बताए ।

यस्तै पर्यटन बोर्डका सदस्य ङामा निमा शेर्पाले पर्यटकीय गन्त्व्य बन्नुभन्दा त्यसको दीगो व्यवस्थापन महत्वपूर्ण रहेको बताउँदै साइकिल्ङ्ग आफैमा साहसिक पर्यटन मात्र नभएर पर्यावरण र स्वास्थ्यका हिसावले पनि महत्वपूर्ण रहेको बताए । यस्तै टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम सुवेदीले यो परियोजना कार्यान्वयनका लागि टानले सकय सहभागिता नजाएको बताउँदै यस्ता गन्त्यवको विकासले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने धारणा राखे ।

यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ । यसैबीच उक्त टे«लको उद्घाटन पूर्व नेपाल पर्यटन बोर्डबाट करिब ५० जना साइकिल्सटहरु सहभागी र्‍याली बोर्डबाट कार्यक्रम स्थलसम्म पुगेको थियो । उक्त र्‍यालीको बोर्डका सदस्यद्वय कृष्ण साह र ङामा निमा शेर्पाले उद्घाटन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *