यू-१९ एसिया कपः बंगलादेशको सामना गर्दै नेपाल
काठमाडौं।एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।बंगलादेश नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ ।
नेपाली टिमः
देव खनाल (कप्तान), शेर मल्ल ९उपकप्तान०, दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष कार्की, आदील अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद, राहुल भण्डारी,मुख्य प्रशिक्षक ( बसन्त शाही)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment