कास्कीमा सुन्तलाः कतै लहर कतै रहर
काठमाडौं। दुई दशकअघिसम्म कास्कीका अधिकांश स्थानमा सुन्तला राम्रै फल्ने गर्दथ्यो । सुन्तलाकै कारण जिल्लाको भरतपोखरी, हंसपुर, दोपहरे फेदीपाटन जस्ता ठाउँ चर्चित थिए । पछिल्ला वर्षमा यहाँका भरतपोखरी, हंसपुर, पुरञ्चौरलगायतका ठाउँमा सुन्तला चाख्न पनि रहर बनेको छ ।
जिल्लाकै फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायतका स्थानमा भने पछिल्ला केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको छ । सिक्टस ग्रिनिङलगायतका भाइरसका कारण अधिकांश स्थानमा सुन्तला सखाव भए पनि पोखरा महानगरपालिका– २१ फेदीपाटनमा भने केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको यहाँका कृषक बताउँछन् । यस वर्षमा सो क्षेत्रमा सुन्तला बिक्रीबाट कृषकले २२ लाखभन्दा बढी रकम भित्र्याउन सफल भएका छन् ।
पोखरा महानगरपालिकाको प्रमुख प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानको प्रभावकारीतासँगै बोटको आयु बढ्नु र सुन्तला उत्पादनमा समेत वृद्धि भएको फेदीपाटनका कृषक प्रकाश पौडेल जानकारी दिए । उनका अनुसार अभियानले कृषकमा उत्साह थपे पनि सुन्तलाको फूल खेल्ने र फल लाग्ने समयमा बारम्बार पर्ने असिनाले प्रत्येक वर्ष पुर्याउँदै आएको क्षतिका कारण यस क्षेत्रका कृषक अहिले पनि चिन्तित छन् ।
उनले भने ,“बुबाको पालामा सुरु गरेको ४० रोपनी भिरोलो पाखो जग्गामा अहिले लगभग ६०० सुन्तलाका बोट छन् । धेरैले उत्पादन दिँदै आएका छन् यस वर्ष सुन्तला बिक्रीबाट सात लाख ३० हजार आम्दानी भएको छ ।” “उत्पादित सुन्तला बिक्री हुँदै न कि भन्नु पर्दैन टेकेदार बगैँचामै आएर टिपेर लैजाने गरेका छन्”, उनले भने, “फागुन र चैत महिनामा परेको असिनाले सुन्तलामा ठूलो क्षति पुगेका कारण कम आम्दानी भएको हो प्राकृतिक प्रकोप नपरेको भए यस वर्ष त्यसको दोब्बर आम्दानी हुने थियो ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment