अमेरिकामा नेपालीभाषी भुटानीले हाने आफन्तलाई गोली

डिसी नेपाल
९ पुष २०७८ २०:१६

कोलम्बस\ओहायो । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा एक नेपालीभाषी भुटानीले आफ्नै नातेदारलाई गोली हानेका छन् । गत २० डिसेम्बर अपरान्ह ४:३५ तिर आफ्नै सालोले भिनाजुलाई गोली हानेर भागेका थिए । उनलाई घाटीमा गोली लागेको कोलम्बस प्रहरीले जनाएको छ ।

गोली लागेका व्यक्ति कोलम्बसको मोर्स रोर्डको ट्यामर्याक ब्यलुबर्डको सन्नी कोर्टमा एउटा अपार्टमेन्टमा परिवारसहित बस्दै आएका थिए । हाल उनको ओहायो स्टेट युर्निभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

गोली हानेर फरार भएका सोम प्रसाईलाई प्रहरीले पक्राउ गरिसकेको छ । घट्ना भएको क्षेत्र आसपासका अपार्टमेन्टमा धेरै नेपालीभाषी भुटानी बस्छन् । यसको वरिपरि ३ दर्जन नेपाली ब्यवसाय छन् ।

अहीले घर किनेर अरु ठाउमा सरे पनि शुरुवाती समयमा यो ठाउका अपार्टमेन्टमा धेरै नेपालीभाषी बस्थे । घाइतेको अवसथा सुधार उन्मुख रहेको बताइएको छ । घट्नाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कोलम्बस प्रहरीले सार्वजानिक गरेको जानकारीमा गोली लाग्ने व्यक्तिको विवरण छैन तर गोली हान्ने शंकास्पद व्यक्ति सोम प्रसाईं २५ बर्षका भएको उल्लेख छ ।

हेर्नुहोस् प्रहरीले जारी गरेको सार्वजानिक जानकारी

घटना के कारणले घटेको हो ? भन्नेबारे स्थानीय प्रहरीले कुनै विवरण दिएको छैन । ओहायोस्थित नेपाली भाषी भुटानी समुदायका स्थानीय अगुवाहरुले पनि यसबारे केही बोलेका छैनन् । घटना अझै अनुसन्धानमै रहेको कोलम्बस प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *