राजनीति र अन्ध राष्ट्रवाद

डिसी नेपाल
११ पुष २०७८ १०:५६

राजनीति अन्ध राष्ट्रवादको उपज हो। अन्ध राष्ट्रवादले जनता विभाजित गर्छ र स्वार्थबाट नीतिलाई निर्देशित गर्छ। हिटलर, ईदी अमीन, खमेरुज प्रत्यक्ष अन्ध राष्ट्रवादकै उपज हुन्। राजनीति र जनताको खाडल बढ्दा नयाँ नाराको खोजी गर्छ राजनीतिले।

जनता ढाँट्ने राजनीतिलाई जनताले विश्वास गर्दैनन् र राजनीति अझै कडा र परम्परागत हुन जान्छ। जसले अन्ध राष्ट्रवादको जन्म दिन्छ। मानिसको आदिम स्वभाव आफू सुरक्षित हुनु हो। जंगली अवस्थाबाट समूह र समाजमा आइपुग्दा मानिस स्वार्थप्रेरित भैसकेको थियो।

समूहको रक्षाले अन्धो बनायो मानिसलाई। समूह स्वार्थकै लागि नेता चुन्यो। यही स्वार्थबाट राजनीति उदय भयो। राजनीति भित्रको स्वार्थले गुट उपगुट, समूह, उपसमूह जन्मायो। र जनतालाई साँचो भनेन। जनतालाई गुमराहमा राख्दा राजनीति र जनताको बीचमा फरक आउँदै गयो।

जनताका इच्छा पूरा गरेन राजनीतिले। राजनीति जनताको हितको लागि राज्य, भूमि, सिमानाका कुराबाट राष्ट्रबादी हुन थाल्यो। बिदेशी हस्तक्षेपलाई राज्य सञ्चालनको गहना बनाउन थाल्यो। यसै गुट र समूहबाट आधुनिक राजनीतिको जन्म भयो।

राजा बीरेन्द्रको हत्या घटना हो या दुर्घटना हो छुट्याउन सकिएको छैन। रअ का एजेण्डाहरु राजनीतिभित्र छन् भन्ने सुनिन्छ। यो प्रमाणित भइसकेको विषय हो। हिन्दुत्व, राजा ,संघीयताका विषयमा आफ्ना नारा हुन् या अरुका जनताले बुझ्नै सक्दैनन्।

राज्यभित्र जनता खुसी हुनु शासन हो। गान्धी, नेल्सन मंडेला, महेन्द्रहरूले राष्ट्रवादको जन्म दिए। आज राजनीतिले यसलाई अन्ध राष्ट्रवादमा परिणत गरेर राजनीति गरेको छ। अमेरिका ,यूरोप, विकसित देशमा अन्ध राष्ट्रवादले काम गर्दैन।

त्यहाँ मानव अधिकार, कानुनको शासनमा राष्ट्रवादको प्रयोग हुन्छ र यसैलाई अन्तर्राष्ट्रिय वादको हतियार बनाइन्छ। जस्तै केन्टकी राज्यमा काला ड्राइभरको पुलिसद्वारा दमन र ट्रम्प सरकारको पतन यो अन्धराष्ट्रवादको नमूना हो विकसित देशमा।

धर्मले समाजलाई सत्यमा हिँड्न सिकाउँछ। गीता, बाइबल, कुरानले सत्य उजागर गर्छ। राजनीतिलाई निर्देशित गर्छ। राजनीति सिकाउँछ तर राजनीति सत्य र निष्ठावान हुन सक्दैन।

महाभारतकालीन राजनीति, रोमन साम्राज्य, अटोमन साम्राज्य, सिन्धु घाँटीको सभ्यता, मुगल सभ्यता, शाहकाल, लिच्छवी काल, किरातकाल र शाहकालीन राजनीतिमा धर्मले राजनीतिलाई जोगायो।

तर राजनीति सत्य बाटोमा हिँड्न सकेको छैन र सक्तैन। हाम्रोजस्ता देशहरूमा शासन पारदर्शी, उत्तरदायी हुन सकेको छैन। राजनीति उपगुट र गुटबाट अलमलिएको छ।सुरक्षाको कारण राज्यको उत्पत्ति भएको हो।

क्रमशः यसको उपयोगिता समूह हित, उत्थान, विकास, जाति रक्षा, सभ्यता र राष्ट्रियताको नाममा अगाडि बढ्यो। विकसित देशले जनताको हितलाई राजनीतिमा पूर्ण रुपमा स्वीकार गरे। अविकसित र पुरातन देशहरुले अतिराष्ट्रबाद र अन्ध राष्ट्रवादको सहाराबाट राजनीति गरे। भारत, नेपाल, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान, अफ्रिकन मुलुकहरुमा अन्तर राष्ट्रवादले राजनीतिलाई छोपेको छ।

राजनीति गुटको विजय र पराजयमा विभाजित हुँदैछ। राजनीतिमा फुट आउँदा विदेशीको भूमिका देखिन्छ नेपालमा। गणतन्त्र कसले ल्यायो? जनताले भन्छन् भारतले। राजा र हिन्दू ल्याउने इच्छा भारतको छ कि भनिन्छ। राष्ट्रवाद अन्धराष्ट्रवादकै उत्पादनजस्तो छ।

स्वार्थका लागि विदेशीलाई गाली गर्ने, सत्तामा पुग्न शक्तिको चाकरी गर्ने, सत्तामा पुगेपछि शक्तिको पूजा गर्नेले राजनीति अवसरवादको जन्म दियो। नेपाली राजनीतिको गहिराइ यसै भन्छ। भाषा ,कला, संस्कृति, रहनसहन, जातजातिले राष्ट्रलाई बुझाउछ। यसले राष्ट्रवादको सीमा निर्धारण गर्छ। जब यसमा राजनीति हुन्छ तब अन्ध राष्ट्रवादको जन्म हुन्छ।

गरिव देशहरु यसैका सिकार छन्। धर्म निरपेक्षता, स्वतन्त्रता, लैंगिक समानता, भाषिक स्वतन्त्रताले राष्ट्रलाई राष्ट्रियतामा विलय गराउँछ। र उदार राष्ट्रको जन्म हुन्छ । यसभित्र राजनीति प्रवेश गर्न पाउँदैन। विकसित देशमा प्रत्यक्षरुपमा राजनीति यी बिषयमा प्रवेश गर्दैन। यस्ता विषयमा देशहरुमा कानुनको शासन, मानवअधिकार ,प्रजातन्त्रका नाममा राजनीति हुन्छ। निरंकुशता अन्धराष्ट्रवादको नमुना हो।

विश्वव्यापीकरण सीमाबिहीन राज्यको अवधारणा हो। विश्व समानता, भातृत्व, खुलापन, अवसरमा पहुँचलाई यसले प्रश्रय दिन्छ। राष्ट्रबादभन्दा बढी जनताको जीवनको सुख खोज्छ विश्वव्यापीकरणले। आर्थिक लाभका कुरामा र अवसरमा पहुँच दिन्छ तर यसको उत्पादन समानता नै हो। राष्ट्रवादलाई असीमित राष्ट्रियतामा विश्वव्यापीकरणले परिणत गर्छ।

विश्वव्यापीकरणले राज्यको फैलावट भयो तर अवसरमा विभेद भयो। यही विभेदले देशभित्रको राजनीतिमा खराबी ल्यायो। विश्वव्यापीकरणमा पहुच नपुग्नेले राष्ट्रियताको नारामा अन्धराष्ट्रवादको राजनीति गरे। गर्दैछन्। र आतंकवाद, हतियारको किनबेच, लागू पदार्थको ओसारपसार, मानव बेचबिखनका गिरोहले कतिपय देशमा शासन गरेका छन्।

ठूलो नेता पैदा हुन युद्ध, हिंसा जरुरी देखिँदैछ। शान्ति भएपछि ठूला नेता विस्थापित हुदैछन्। राजनीति सकिएपछि मानवता जन्मिन्छ। राजनीतिले शान्तिको चाहना गर्छ तर यथार्थमा युद्धको इच्छा राखिरहन्छ। देशमा द्वन्द्व भएन भने राजनीति पार्टी फस्टाउँदैन भन्ने चरित्र हाम्रो जस्तो देशमा देखिएको छ। सधै द्वन्द्व खडा गर्छन्, शान्ति चाहन्छन् राजनीति पार्टीहरु।

उनीहरूको शासन गर्ने शैली अन्धराष्ट्रवाद नै हो। राष्ट्रवादको नारा लिएर शासन गर्ने, यथार्थमा राजनीतिमा स्वाभिमान नहुने र क्रमशः बिस्तारै गुलामी बन्दै जाने अबस्था कतिपय देशको छ। अहिले नेपालको राजनीति पनि यसैको भुमरीमा फस्दैछ। राजनीतिभित्र अन्धराष्ट्रवादको फैलावट देखिन्छ।

राष्ट्र, निर्माणका लागि बन्धनमुक्त हुनुपर्छ। हिन्दू, जैन, ब्राह्मण मुस्लिम, क्रिस्चियन, बौद्ध जे भएपनि सबैमा बन्धन लुकेको छ। यो बन्धन रहुन्जेल राजनीति सफा हुँदैन। धर्मगुरूको ठाउँमा राजनीति अगाडि आयो। वासिङटन मक्का बन्यो। काशीभन्दा दिल्ली महत्वपूर्ण छ। गुरुहरूबाट राजनीति काण्ड हुँदैछ। तीनहजार वर्षमा १५ हजार युद्ध लडियो।

कहिँ कतै अहिले पनि युद्ध छ। युद्ध छ, यसकारण विभाजित राजनीतिले शासन गर्न सक्दैन। सकेन। मानवता एक हुन राजनीतिको अत्य हुनुपर्छ। हिटलरले भनेका छन् “देशको दुश्मन छैन भने नक्कली दुश्मन तयार गर। दुश्मन भएपछि जनता नेताको पछि लाग्छन्। दुश्मन तयार गर्दैनौ भने महान नेता बन्न सक्दैनाौं। ठूलो नेता पैदा हुन युद्ध, हिंसा जरुरी देखिँदैछ।

शान्ति भएपछि ठूला नेता विस्थापित हुदैछन्। राजनीति सकिएपछि मानवता जन्मिन्छ। राजनीतिले शान्तिको चाहना गर्छ तर यथार्थमा युद्धको इच्छा राखिरहन्छ। देशमा द्वन्द्व भएन भने राजनीति पार्टी फस्टाउँदैन भन्ने चरित्र हाम्रो जस्तो देशमा देखिएको छ।

सधै द्वन्द्व खडा गर्छन्, शान्ति चाहन्छन् राजनीति पार्टीहरु। हिटलर चर्चिल, लेलिन शान्तिका लागि लड्छन् भन्छन तर राजनीतिले युद्ध तयार गर्छ। देशमा राजनीतिमा दुश्मन तयार गर्न अति राष्ट्रवादको हतियार इतिहासदेखि अहिलेसम्म छ। राजनीतिको धन्दा त्यस्तै देखिन्छ।

नेतृत्वमा बस्नलाई राष्ट्रवादको कुरा गर्ने र जनताले विश्वास जित्न सफल हुने। कुर्सीमा अडिन छिमेकीसँग हारगुहार गर्ने, चर्का नारा दिने तर कालापानी, राम जन्मभूमि, सिमानामा वाल लगाउने विषय राष्ट्र मतको नमुना बनाएर राजनीति गर्नु अन्धराष्ट्रवाद हो। यसैभित्र राजनीति गर्नेले देश बलियो हुँदैन। राजनीति बलियो हुँदैन।

कुर्सीमा अडिन छिमेकीसँग हारगुहार गर्ने, चर्का नारा दिने तर कालापानी, राम जन्मभूमि, सिमानामा वाल लगाउने विषय राष्ट्र मतको नमुना बनाएर राजनीति गर्नु अन्धराष्ट्रवाद हो। यसैभित्र राजनीति गर्नेले देश बलियो हुँदैन। राजनीति बलियो हुँदैन।

पूर्ण रोजगारी, शिक्षा, स्वास्थ्यमा पूर्ण पहुँच र आर्थिक वृद्धिले मात्र यस्तो राजनीतिलाई परास्त गर्न सकिन्छ। राजनीति गुटको विजय र पराजयमा विभाजित हुँदैछ। राजनीतिमा फुट आउंदा विदेशीको भूमिका देखिन्छ नेपालमा। गणतन्त्र कसले ल्यायो? जनताले भन्छन् भारतले।

राजा र हिन्दू ल्याउने इच्छा भारतको छ कि भनिन्छ । राष्ट्रवाद अन्धराष्ट्रवादकै उत्पादनजस्तो छ। राष्ट्रवादको नाराले राजनीति विजय पराजय हुन्छ। पार्टीहरु बहुमत र अल्पमतमा पर्छन्। हामी सिमानाको राजनीति गर्छौ, जनताको हितका कुरा गर्छौं। अति राष्ट्रवादले डोर्‍याएको राजनीति हो यो। नेता अमेरिका भारत–चीन युरोपको पक्षधर हो भनिन्छ। राष्ट्रको स्वार्थलाई सूचना दिएर राजनीति गर्नु अन्ध राष्ट्रवाद नै हो।

एमसीसीजस्ता विषयमा नेपाली झन्डा लिएर जनता निस्कन्छन्, राजनीतिक पार्टीले पहिले राम्रो भन्छन् तिनै नेताले विरोध गर्छन्। किन यस्ता विषय राष्ट्रविरोधी भए? अति राष्ट्रवादको स्वरुपको राजनीतिमा राष्ट्रियहित र स्वार्थ छुट्याउन नेताहरुले सक्तैनन्। अल्पविकसित देशमा यो समस्या छ।

नेपालमा २००७ सालदेखि हालसम्म तीन दर्जनभन्दा बढी सरकारहरु आए। थुप्रै राजनैतिक दल उदाए। फुटे, जुटे। छ वटा संविधान बने । पाँचवटा प्रणाली परिवर्तन भयो तर अझै विकास र राजनीतिले दिशा लिन सकेको छैन।

राजनीतिक दलको घोषणापत्रमा लेखिएका कुरामा राजनीति हुँदैन २०१५‐२०१९, २०४६, २०६४ का परिवर्तनहरु आफै भए या अरुबाट गरिए यो अझै प्रश्न नै छ। राजा बीरेन्द्रको हत्या घटना हो या दुर्घटना हो छुट्याउन सकिएको छैन। रअ का एजेण्डाहरु राजनीतिभित्र छन् भन्ने सुनिन्छ।

यो प्रमाणित भइसकेको विषय हो। हिन्दुत्व, राजा ,संघीयताका विषयमा आफ्ना नारा हुन् या अरुका जनताले बुझ्नै सक्दैनन्। कालापानी, महाकाली कोशी र गण्डक सम्झौता नेताले गरे या बिदेशीले गरे यो दस्तावेजले प्रष्ट पार्दैन। यही नारा र उपनारामा राजनीतिले विजय प्राप्त गर्दै आएका छन्। स्थायी हुन सकेको छैन नीति। जनताले नेता चिन्दैनन्, भोट हाल्छन् र नेताको राष्ट्रिय चिन्तनमा प्रश्न गर्छन्।

जनताले विकास, सुशासन, समृद्धि र कानुनको शासनको हिसाबले राजनीति बुझेकै छैनन्। राजनीतिले यसका लागि जनतालाई केही दिएकै छैन। दुवै अन्योलमा छन्। कडा र कठोर आश्वासन दिने र जनताले विश्वास गर्ने बिषय अन्ध राष्ट्रवादबाट प्रेरित छ।

यसमा राजनीतिले नाफा र घाटा सहनु पर्दैन, सहानुभूति नै नेपाली राजनीतिमा जनमत भएको छ। जसले एमसीसी, बेल्ट एण्ड रोड को बिरोध गर्छ राष्ट्रबादी त्यही ठहरिन्छ। जसले समर्थन गर्छ त्यो राष्ट्रविरोधी। तर यी दुवै राम्रा विषय राम्रा हुन, होइनन्, जनतालाई कसले प्रष्ट पार्ने। आगामी चुनावमा नारा बन्छन् । विरोधीहरु राष्ट्रबादी बन्दै जान्छन्।

आरक्षण, सकरात्मक विभेद, संरक्षण, समावेशीकरणले राष्ट्रवादलाई स्थापित गर्छ । स्थापित गराउँछ। अतिराष्ट्रबादको सस्थागत अन्त्यको लागि गरिब देशमा यस्ता नीति आउँछन्। ल्याइन्छन्। विकसित देशमा यी विषय राजनीतिका नभई समानताका लागि आउने गर्छन्।

मार्क्सको समाजवाद ,लेलिनको साम्यवाद, उदारवादको विकासको धारणा अन्ध राष्ट्रवादको सीमा घटाउन आएका धारणा हुन्। पुरातन राज्य निर्माणको दह्रो आधार हो अन्ध राष्ट्रवाद। नेपालमा भ्रष्टाचार, कानुन कार्यान्वयन नहुनु , राजनीति चलखेल, गुट-उपगुटको राजनीति हुनुमा राज्यभित्रको परम्पराले काम गरेको छ। आजसम्म देश पराधीन हुनु परेन। देशकै लागि लड्नु परेन।

उत्पादन ,उपभोग, उपयोग र वितरणमा लडाई गर्नुपरेन । त्यसैले हाम्रो देश कविला प्रणालीबाट माथि उठ्न सकेन । भारतमा राज्य नीतिको एकीकरणले आधुनिक राज्यको धारणा आयो। नेपालमा यो समस्या छ। धर्म ,लिंग, वर्ग ,भाषा नागरिकताको विषय राजनीतिमा मुख्य एजेण्डा हुन्छन्। यसै विषयबाट अति राष्ट्रबाद जन्मिन्छ र राजनीति फस्टाउँछ।

(लेखक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीका सचिव हुन् )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *