देउवाको हेपाइमा शेखर

डिसी नेपाल
१२ पुष २०७८ ६:३२
2.0k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जति नरम देखिन्छन् उनी त्यत्तिकै कठोर पनि छन् । उनको कठोरपनले कसैको अपमान हुँदा के हुन्छ ? अहिले त्यस्तै भएको छ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई । उनले शेखरलाई पार्टीको दोस्रो वरियतामा राख्नुपर्नेमा शेखरलाई तल झारेका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका निकटतम प्रत्यासी बनेका शेखर केन्द्रीय समितिको वरीयतामा पदाधिकारी र पूर्वपदाधिकारीभन्दा तल परेका छन् । १४ औँ महाधिवेशनपछि शनिबार बसेको पहिलो बैठकले शेखरको वरियता तल झारेको हो ।

कोइराला विधानको व्यवस्था बमोजिम स्वतः केन्द्रीय सदस्य हुन् । तर अरु नेताहरूलाई भने सभापति देउवाले मनोनीत गरेपछि मात्रै उनीहरू केन्द्रीय समितिमा रहन्छन् । विधानअनुसार स्वतः केन्द्रीय सदस्य भए पनि शनिबारको बैठकमा कोइराला उपस्थित भएनन् ।

देउवाले कोइरालाको अनुपस्थितिकै बीच पार्टी वरीयतामा पदाधिकारी र पूर्वपदाधिकारी भन्दा तल राखेका हुन् । विगतमा सभापतिको निकटतम प्रत्याशीलाई नै दोस्रो वरीयतामा राख्ने अभ्यास थियो । त्यसआधारमा कोइराला देउवापछि दोस्रो वरीयतामा हुनुपर्ने हो ।

तर, देउवाले एक पटक पनि पदाधिकारी नभई सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालालाई पूर्व पदाधिकारीभन्दा तल राखेका हुन् । दउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला र निधीलाई यसअघि नै केन्द्रीय सदस्य मनोनीत गर्ने सोचेका थिए ।

तर निर्वाचन समितिबाट प्रमाण पत्र नलिएसम्म मनोनीत गर्नु अवैध हुने भएपछि उनले मनोनीत गरेका थिएनन् । निर्वाचन समितिबाट प्रमाणपत्र लिएलगत्तै बसेको केन्द्रीय समितिमा बैठकमा देउवाले केन्द्रीय समितिको वरियता क्रम निर्धारण गरेका छन् ।

१३ औं महाधिवेशनमा सभापतिमा निर्वाचित भएपछि देउवाले सभापतिका प्रत्यासी पौडेललाई दोस्रो वरीयतामा राखेर पदाधिकारीलाई राखेका थिए । पदाधिकारी पछि पूर्व महामन्त्री प्रकाशमान सिंह र त्यसपछि ं मात्रै सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलालाई राखेका थिए ।

यसपटक भने कोइरालालाई केन्द्रीयसदस्यहरूको शीर्षस्थानमा राखिएको छ । यसअघि १३ आ महाधिवेशनमा सबै भन्दा धेरै मतसहित केन्द्रीय सदस्य जितेका कोइराला वरीयतामा ३५ नम्बरमा थिए । कांग्रेसले यसपटक १३४ सदस्यीय केन्द्रीय समिति निर्वाचनमार्फत चयन गरेको छ ।

विधानअनसार सभापतिका प्रत्यासी कोइरालाले स्वतः सदस्य भएका छन् भने देउवाले अब समानुपातिक समावेशी सिद्धान्तका आधारमा अरु ३३ जना केन्द्रीय सदस्यहरू मनोनीत गर्न पाउँछन् । हुन त नेताहरुले कोइरालालाई विधानअनुसार नै वरीयता दिन खोजेको बताएका छन् । तर यसरी हेपाहा प्रवृत्ति हावी हुँदै गयो भने देउवाका पतनका दिन शुरु भएको विश्लेषण भइरहेको छ । जनभावना साप्ताहिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *