नेपाली समाज टेक्सासको अध्यक्षमा राजेन्द्र वाग्ले विजयी

डिसी नेपाल
१३ पुष २०७८ ५:४४

टेक्सास, अमेरिका । नेपाली समाज टेक्सास(एनएसटी) को अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित भएका छन्। आफ्ना प्रतिप्पर्धी उम्मेद्वार कमल सापकोटालाई पराजित गर्दै वाग्ले निर्वाचित भएका हुन्।

आइतबार अवेरसम्म मतदानको परिणाम सोमबार अपरान्ह आएको थियो। लगभग ४ हजार मतदाता रहेको नेपालीहरुको साझा संस्था एनएसटीमा वाग्ले र सापकोटा आ-आफ्ना प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा उत्रेका थिए।

निर्वाचनमा वाग्लेको लगभग पूरै प्यानल नै विजयी भएको छ। वाग्ले बरिष्ठ उपाध्यक्ष पदमा सोही संस्थामा कार्यरत थिए । उनले ११२० मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी सापकोटाले ८६२ मत प्राप्त गरेका छन्।

संस्थाको बरिष्ठ उपाध्यक्षमा विवेक कँडेल र महासचिवमा सन्देश उप्रेती जित हात पारेका छन्। त्यसैगरी उपाध्यक्षमा जनक भण्डारी,सचिवमा हरिप्रसाद खनाल,कोषाध्यक्षमा दिनेश न्यौपाने, सहकोषाध्यक्षमा गोविन्द गौतम, महिला संयोजकमा गुन्जन भण्डारी र युवा तथा विद्यार्थी संयोजकमा जेनिन पुरी निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यहरुमा महेन्द्र पुन,विजयराज भुसाल, पुण्य पाण्डे, रोविन पाठक, सरोज सिग्देल, विक्रम पौडेल र शान्ताकुमारी गिरी विजयी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *