भन्सार छली भारत लैजादै गरेको पुरानो ब्याट्रीसहित ३ जना पक्राउ

डिसी नेपाल
१४ पुष २०७८ ११:५९

नवलपरासी। भन्सार छली भारत लैजादै गरेको ३६ लाख रुपैयाँ बराबरको पुरानो ब्याट्रीसहित ३ जना पक्राउ परेका छन्। मंगलबार राति पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ८ स्थित थानाचोकमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–००१ ख १५५२ नं. का ट्रक लाई रोकी चेकजाँच गर्ने क्रममा ब्याट्रीसहित ३ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा ट्रक चालक सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका वडा नं. २ बस्ने वर्ष २७ का प्रमोद राय, ट्रकमा सवार रौतहट जिल्लाको परौवा नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४७ का निरज कुमार जैसवाल र सर्लाही जिल्लाको मलङ्गवा न.पा. वडा नं. २ बस्ने वर्ष १८ को आकाश कुमार रहेका छन्।

ट्रकमा लोड भई आएका विभिन्न साईजका बिल कागजात नभएका २४.१६० टन पुराना ब्याट्रीहरु अन्दाजी ३६ लाख २४ हजार वरावरको सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सागर पन्तले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *