कथा : बूढो साँढे र कोरली

डिसी नेपाल
१७ पुष २०७८ ७:४५
7.2k
Shares

‘दाजु के पढ्दै हुनुहुन्छ?’ नमनको भावसँगै ठूलाघरे काइलाले जिज्ञासा राखे।

‘यो पुनर्जागरण, संघीयता फ्याँक्न जनता आतुर’ भन्ने लेख पढ्दै थिएँ। अलिकति बाँकी छ। ‘आऊ बस।’ वृषध्वजले स्वागत बोले।

‘भाउजू आगो–लाइटर पाउनँ। तलतल नमेटी भएन।’ ठूलाघरे कान्छो मुडा तानेर बस्यो।

‘हैन अस्ति पनि साँढे लगाएको होइन र यो गाईलाई? कि यो अर्कै गाई हो?’ आँगनमा साँढेले कोरलीलाई थुनेको थियो।

‘लगाएको त हो पुगेन जस्तो छ।’

‘किन ढाँट्नुहुन्छ देवरलाई, बाबु पाचौंपटक हो यो गोरु लगाएको। गोरु उस्ता कि तपाईंको दाइको बुद्धि यस्तो म जान्दिन’ भानुमतिले भनिन् ।

गोरु उँ, उँ गर्छ, उक्लिन खोज्छ, उक्लिन सक्दैन। ठूलोघरे कान्छो यो दृष्य हेर्दै थियो। एकछिन ओठ लेप्रायो र नकारात्मक भावले टाउको हल्लायो। अनि सजिलै भन्यो-गाई थामिएको छ। अहँ गोरुले काम देलाजस्तो छैन। पल्लो घराँ बहर देखेथेँ भकारोमा। मान्छेको चालचोल थिएन। मेलापाततिर होलान् कि।’

‘बाबु, दाजुसँग बस्दै गर्नुस है, म आइहाल्छु।’ वृषध्वजकी करार पत्नी अलिक जाँगर र फूर्तिसाथ निस्किन्। ठूलाघरे कान्छेले मनमनै गुन्यो-मेरो कुराले भाउजूलाई चोट पर्‍याे क्यार। भाउजू तरुनी कोरली, दाइ साँढे बुढो। आधै उमेर फरक छ। कुरा त गाई गोरु कै हो। खै, के सम्झिन्।

ठूलाघरे कान्छेले मनमनै गुन्यो-मेरो कुराले भाउजूलाई चोट पर्यो क्यार। भाउजू तरुनी कोरली, दाइ साँढे बुढो। आधै उमेर फरक छ। कुरा त गाई गोरु कै हो। खै, के सम्झिन्।

पल्लो घरको बहर दाम्लैसँग ल्याएर पछाडिपट्टि आफ्नो भकारोमा बाँधिन्। हरियो घाँस हालिदिइन्। अनि आँगनतिर आएर भनिन्-बाबु यो साँढे खेद्नुस्, मैले वहर ल्याएकी छु।’

भानुमती ओजस्वी देखिइन्। उनी ज्यादै उत्तेजित थिइन्। ठूलाघरे कान्छाले प्रयास गर्‍याे, साँढेलाई पन्साउन सकेन। भानुमती ट्रयाक शुटमा थिइन्। उनलाई कुनै काम गर्न असजिलो थिएन। ‘बाबु तपैँ बस्नुस, म भगाउँछु यसलाई’ भनेर अघि सरिन् र एउटा भाटाले सिङमा हानिन्। साँढे रन्थनाउँदै पछि सर्‍याे। लघारेर तघारो कटाइन्। उतै थुनियो। यता आएर बहर खोलिदिइन्।

तुजुकदार थियो बहर। एकै पटकमा गाईलाई कुप्रो पारिदियो। अर्को पटक उक्लिएर आफैं पन्सियो। भानुमतीले बहर लगेर उसैको भकारोमा पुर्‍याएर बाँधिदिइन्। अनि सुम्सुम्याएर डुँडभरि घाँस हालिदिइन्। उनी आज सन्तुष्ट देखिन्थिइन्। किनकि यसले बाली लगाएको थियो।

भानुमतीले सबैका लागि चमेना ल्याइन्, मौका छोपेर ठूलाघरेले भन्यो–भाउजू त छिटो र सुरो पो हुनुहुँदो रहेछ। मत छक्क परेँ।’ वृषध्वज गजक्क परे। उनको छाती ठूलो भयो।

‘तपाईं दाजुलाई सोध्नुस् उहाँले कति पटक साँढे लगाउनु भयो? उहाँले जवाफ दिनुहुन्छ। समयको गणित पनि हेर्नुस र प्रतिफल पनि हेर्नुहोस्।

दुवै जना चुप रहे।

भानुमतीले भनिन्–बाबु चाहे देशको राजनीति र नेतृत्वलाई यो घटनासँग जोडेर हेर्नुस् या हाम्रै जोडीलाई दाँज्नुस्, उस्तै उस्तै देख्नुहोला।’

‘हाम्रा हकमा हामीले सल्लाह गरेका छौं। विषय भोगमा उहाँको रुची मरेपछि या उहाँ अशक्त भएपछि म स्वतन्त्र हुनेछु। मैले आफूलाई पनि त हेर्नै पर्‍याे। अशक्त निस्किए वा रोगी शरीर सम्हालेर बस्दिन भनेकै हुँ। म आफू खुशी गर्छु। त्यसैले उहाँ पनि पन्सिन सक्नुहुन्छ, म पनि पक्सिन सक्छु। हामी यसै क्षणको पर्खाइमा रमाएर बसेका छौं। गुनासो र असन्तुष्टि छैन। यो सम्झौताको बसाइ हो। बस, परस्पर सम्मानले थामेको छ, हामीलाई। परन्तु प्रतिफल छैन।’

वृषध्वज मुसुमुुसु हास्तै रहे। ठूलाघरे कान्छो दंग परेर फर्कियो।

भानुमती तुजुकदार बहरलाई सम्झिन थालिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *