कथा : भ्रष्ट हेड मास्टर – Dcnepal

कथा : भ्रष्ट हेड मास्टर

उज्ज्वल भविष्य माध्यमिक विद्यालयको फराकिलो प्राङ्गणमा ठूलो चहलपहल थियो। विद्यालयको वार्षिकोत्सव भएकोले सबैजना काममा व्यस्त देखिन्थे। स्कुलदुलहीझैँ सिँगारिएको थियो। कार्यक्रम सञ्चालिका सरस्वती मिस थिइन्। अर्थात् म। स्वागत मन्तव्यको जिम्मा विष्णुकुमार सरलाई दिइएको थियो। राष्ट्रियगानको चरण सकियो। अब पालो आयो स्वागत मन्तव्यको।

‘वार्षिक उत्सव’ अङ्कितब्यानरतिर आँखा बिछ्याउँदै विष्णु सर बोल्न थाले। उनको स्वागत मन्तव्य सुन्दा सुन्दै म अतीतको घटनातिर हराउन थालेँ।

अतीतको घटना- १

स्कुलको विश्राम कोठामाम र विष्णुकुमार सर कापी जाँचिरहेका थियौँ। त्यस्तैमा विष्णु सर बसेको ठाउँबाट सर्दै मसँगै आएर बसे। मलाई असजिलो लाग्यो र केही पर सरेँ। उनले निहुँ पाए र म अस्थायी टिचर भएकोले सँगै बस्न घृणा लाग्छ तिमीलाई? भनेर व्यङ्ग्यात्मक सवाल गरे।

मैले विष्णु सरको अनुहारमा हेरेँ। तब उनले तिमी यो नभूल कि म मा.वि.टिचर हुँ सरस्वती मिस भनी घमण्ड देखाए। मेरो कन्पारो तातेर आयो। अतः खै त लोकसेवा लडेर सेक्सन अफिसर बन्न सकेको? दसौँ वर्षदेखि अस्थायी मै झुण्डिरहनु भएको छ भन्दै विष्णु सरको मर्ममै प्रहार गरिदिएँ।

तैपनि उनी रोकिएनन् र भो भो धेरै जान्ने नहोऊ तिमी। तिम्रो नोकरी पनि खुकुरीकै धारमा छ। विस्थापित भएको बहानामा काज सरूवा मिलाएकी छौ र पो जागिर जोगिएको छ। आफ्नो ससुराको पावर भएर धाक जमाउन पाएकी छौ। नत्र त…भन्दै चुनौतीको भाषाबोल्न थाले।
   …

म अतीतको त्यो तीतो क्षणतिर रुमल्लिरहेकी थिएँ। अचानक विष्णु सरले घच्घच्याए पछि पो यथार्थमा आइपुगेँ । उनले त स्वागत मन्तव्य सिध्याइ सकेका रहेछन्। तब मैले कार्यक्रम अघि बढाउनका लागि कक्षा नौका दुई जना छात्र-छात्रालाई बोलाएँ र जिम्मा दिएँ। म पछिल्तिरको मेचमा बस्न पुगेँ। कार्यक्रमको अध्यक्षता गरिरहेका नयाँ हेड सरको अनुहार देखेपछि फेरि म अतीतको नरमाइलो घटनातिरै हराउन पुगेँ।

अतीतको घटना- २

मैले आग्रहपूर्वक ‘नरिसाउनोस् न हेडसर। आफ्नो विद्यालयका बालबच्चालाई ख्वाइएको पौष्टिक आहारको पैसा विद्यालयले नै तिर्नुपर्छ नि। पल्लो गाउँको प्रा.वि.ले सक्छ भने हामीले नसक्ने त कुरै छैन हेडसर’ भनेँ।

मेरो कुरा मन नपरेर हेडसर ‘चुप लाग्नोस् तपाईँ भन्दै’ नराम्ररी झोक्किए। अनि मेरा आँखामा ताकेर हेर्दै-तपाईँले भनेजस्तै गर्न त स्कुलमा बजेट हुनु पनि त पर्‍यो नि। विद्यालय सुधारको नाममा तपाईँले धेरै हर्कतहरू देखाइसक्नु भएको छ सरस्वती मिस। यो कुरा व्यवस्थापन समितिको अध्यक्षसामु पुर्‍याउँछु म भनेर धम्की दिए।

केही दिनपछि हेडमास्टर कस्तुरीनन्दनले मेरो ससुरासँग भेटे। मेरो ससुरा नै हाम्रो विद्यालयका अध्यक्ष हुनुहुन्थ्यो। हेडसरले मेरो कुर्सी डगमगाउन थाल्यो अध्यक्ष महोदय। तपाईँले सरस्वतीलाई सम्झाइदिनु पर्‍यो भनेर कुरा लगाए।

सेकेण्ड हेडसरको नेतृत्वमा एक प्रतिनिधिमण्डल जिल्ला शिक्षा कार्यालयमा नक्कली प्रमाण पत्रधारी शिक्षकहरूको विरुद्धमा उजुरी हाल्न गएको थियो। नक्कली टिचरहरूको छानविन थालियो। हेडसर कस्तूरीनन्दनले एक्कासि राजीनामा दिए। त्यसैगरी अरू टिचरहरूले पनि भटाभट राजीनामा दिन थाले।

-‘तपाईँ ढुक्कभएर जानोस् हेडसर। म मेरी बुहारीलाई सम्झाइदिउँला।’ उहाँले झुटो आश्वासन दिनुभएको थियो। पछि उहाँले म भान्सामा काम गरिरहेकी बेलामा भन्नुभयो- ‘तिमी निश्चिन्त भएर आफ्नो काम गर बुहारी। यो हेडमास्टर वास्तवमै हाम्रो उज्ज्वल मा.वि.को लागि घाँडो भैसक्या छ।’

तर हेडसरले मलाई अफिसमा बोलाएर चेतावनी दिए-‘तपाईँ यो स्कुलमा कुन हालतमा सरूवा भएर आउनु भएको थियो भन्ने कुरा बिर्सनु भयो?मलाई अप्ठेरो पर्ने काम गर्दै जानुभयो भने गाह्रो पर्ला, विचार गर्नोस् सरस्वती मिस।’

-‘मैले त्यस्तो नचाहिँदो के काम गरेकी छु र हेडसर?’ मैले जवाफ दिएँ-‘निजी स्रोतबाट यत्ति धेरै टिचरहरूको व्यवस्था गर्न सक्नुहुन्छ तर खाजाको प्रवन्ध मिलाउन सक्नु हुन्न सरले? सानोतिनो कुरालाई लिएर स्कुल व्यवस्थापन समितिसम्म पुग्नु गलत हो।’

स्कुलमा कसले कति चन्दा दिएका छन् भन्ने कुराको जानकारी मलागयतका केही टिचरहरूलाई अवगत भइसकेको थियो। त्यही छेकोमा स्कुलमा एकजना टिचरको दरवन्दी खाली भयो। पद पूर्ति गर्न हेडसरले बैठक बोलाए।

उक्त बैठकमा एकजना टिचर राख्ने प्रस्ताव गरे उनले। अहँ, कुरा मिलेन। विष्णु सरले टिप्पणी गरे- ‘घरको सम्पत्ति अंशबण्डा गर्ने जस्तो गर्न पाइन्न हेडसर। योग्यता पनि त हेर्नु पर्छ।’ उनले मास्टर्स डिग्रीको धाक देखाए।

अर्की मिसले तर्क गरिन्-‘शैक्षिक योग्यतामात्र हेरेर हुन्न है हेडसर। बहुविषयतिर पनि ध्यान दिनुपर्छ। सबै विषय पढाउन सक्ने मान्छे छान्नु पर्छ।’
घुमाईफिराई तिनले आफूलाई सिफारिस गर्न माग गरिन्। बैठकमा मतैक्य भएन। हेडसरले हियाएर मतिर त्यो समस्याको आगो फालिदिए। मेरा विपक्षीहरूले हाँसेर उडाइ दिए। मैले झोकैले भन्दिएँ-‘अब व्यवस्थापन समितिको बैठक बोलाएर समाधान निकाल्ने। कसो त विष्णु सर?’

-‘कुन्निकुन्नि। जान्ने भएर बीचैमा प्वाक्क बोल्न पर्छ तिमीलाई?’ उनी खूब रिसाए। उनी मलाई तिमी भन्ने गर्दथे। आज सबका सामुन्ने मैले उनलाई झपारेँ। हेपेर नबोल्न चेतावनी पनि दिएँ। बल्ल विष्णु सरको चुरीफुरी झर्‍यो।

टिचरको खाली दरबन्दीमा मन्त्रीकी साली सरुवा भएर आइन्। विष्णु सरहरू हेरेको हेर्‍यै भए। तिनै असन्तुष्ट टिचरहरूको साथ पाएर म हेडसरलाई स्कुलबाट बर्खास्त गर्ने अभियानमा लागेँ। सेकेण्ड हेडसर बुद्धकाजी बुद्धजस्तै थिए।

‘कुन्निकुन्नि। जान्ने भएर बीचैमा प्वाक्क बोल्न पर्छ तिमीलाई?’ उनी खूब रिसाए। उनी मलाई तिमी भन्ने गर्दथे। आज सबका सामुन्ने मैले उनलाई झपारेँ। हेपेर नबोल्न चेतावनी पनि दिएँ। बल्ल विष्णु सरको चुरीफुरी झर्‍यो।

उनलाई हेडसरका कालाकर्तुतहरू बारे थाहा थियो। तर उनी चुप्प थिए। उनी त उल्टै मलाई पो सम्झाउन लागे-‘अन्यथा सोच्नुहुन्न भने तपाईँलाई एउटा कुरा भन्छु सरस्वती म्याम। तपाईँ अलिबढी नै अग्रसर भएर काम गरिरहनु भएको छ। सरकारले अब चाँडै नै दरवन्दी मिलान गर्दैछ रे। किन शत्रु कमाउने हामीले?तपाईँलाई पनि यही स्कुलमा सरूवा मिलाउन पाए राम्रो हुन्थ्यो नि होइन र?’

-‘होइन बुद्ध सर। तपाईँ गलत सोचाइमा पर्नु भएको छ।’ मैले टिप्पणी गरेँ-‘म मेरो लागि यो काम गरिरहेकी छैन। तपाईँ किन नालायक हेडसरको छायाँ बनिरहन चाहनुहुन्छ सेकेण्ड हेडसर? अब हामीले हेडमास्टर कस्तूरीनन्दनलाई हटाउनै पर्दछ। जाग्नोस्। उठ्नोस् तपाईँ।’

-‘यत्रो वर्षसम्म विद्यालयको नेतृत्व सम्हालेका मान्छेलाई एक्कासि हटाउँदा अभिभावकवर्गले के सोच्लान् सरस्वती म्याम?’ बुद्ध सर काँतर देखिए।
   …

त, अतीतको गर्भतिर लुकामारी खेलिरहेकी मलाई मञ्चमा कसैले धक्का लगाउँदा बल्ल वास्तविक धरातलमा आइपुगेँ। नृत्य सकिइसकेछ। त्यसपछि व्यवस्थापन समितिका अध्यक्षको भाषण गर्ने पालो आयो। उनले सरस्वती मिसको सत्कर्मको बखान गर्न थाले। ससुराको भाषणले फेरि एकचोटि मलाई अतीतको गर्भतिर फर्कन बाध्य तुल्यायो।

अतीतको घटना- ३

त्यो नयाँ शैक्षिक सत्रको पूर्वप्रभातमा उज्ज्वल भविष्य मा.वि.को घरदैलो कार्यक्रम समाप्त भयो। हेडसर कस्तूरीनन्दन सरिक भएनन्। सेकेण्ड हेडसरलाई जिम्मा लगाएर उनी शिक्षामन्त्रीसँग जिल्ला भ्रमणमा निस्केका थिए।

हेडसरको बहाना थियो-‘शैक्षिक गतिविधि निरीक्षण भ्रमण।’ बस्, अरू के चाहियो? यता सर्वसाधारणले औँला ठडाएर भन्दिए- ‘मास्टर, मास्टरनीका बच्चाहरूचाहिँ बोर्डिङ स्कुलमा पढाउने। हामीले भने आफ्ना छोराछोरी ल्याएर सर्कारी स्कुल भर्दिनु पर्ने! अहँ, यो त हुँदै हुन्न।’

स्कुलको बैठकमा मैले प्रस्ताव राखेँ—‘अब हामीले पनि हाम्रा बालबालिकाहरूलाई यही स्कुलमा भर्ना गर्ने संकल्प गर्नुपर्‍यो।’

-‘के नचाहिँदो कुरा गर्नु हुन्छ तपाईँ!’ तुरुन्तै एउटी मिसले खण्डन गरिन्। निजीस्रोत र अन्य स्रोतबाट जागीर खाएका टिचरहरूको कारण स्कुलको आर्थिक पक्षलाई बेसरी थिचेको थियो।

भो भो धेरै जान्ने नहोऊ तिमी, तिम्रो नोकरी पनि खुकुरीकै धारमा छ। विस्थापित भएको बहानामा काज सरूवा मिलाएकी छौ र पो जागिर जोगिएको छ। आफ्नो ससुराको पावर भएर धाक जमाउन पाएकी छौ। नत्र त…

स्कुलमा ‘शैक्षिक शुद्धीकरणअभियान’ सुरू गरियो। सेकेण्ड हेडसरको नेतृत्वमा एक प्रतिनिधिमण्डल जिल्ला शिक्षा कार्यालयमा नक्कली प्रमाणपत्रधारी शिक्षकहरूको विरुद्धमा उजुरी हाल्न गएको थियो। नक्कली टिचरहरूको छानविन थालियो।

हेडसर कस्तूरीनन्दनले एक्कासि राजीनामा दिए। त्यसैगरी अरू टिचरहरूले पनि भटाभट राजीनामा दिन थाले। अब उज्ज्वल भविष्य मा.वि.लाई हाँक्ने अभिभारा बुद्धकाजी सरको काँधमा आइप¥यो। तर उनी समस्यासँग जुध्न गाह्रो मान्थे।

टिचरहरूको पहिलो बैठकमा उनले आग्रह गरे-‘तपाईँहरूले मलाई सहयोग गर्नुपर्छ। मैले मात्र यो विद्यालयको कार्यभार बोक्न सक्तिनँ।’

विष्णु सरले मौकाको फाइदा लिने दाउमा कुरो बटारेर भने-‘म विद्यालयले दिएको ठूलै जिम्मेवारी पनि बहन गर्न तयार छु हेडसर।’ विष्णु सर सहायक प्रधानाध्यापक पद हत्याउने दाउमा थिए। तर नयाँ हेडसर बुद्धकाजी उक्त पदमा मलाई नियुक्त गर्ने सुरमा थिए।

नभन्दै अर्को दिन विद्यालय व्यवस्थापन समितिको बैठकमा त्यो प्रस्ताव राखे। तर मैले उदारताको पराकाष्ठा नाघेर बोलेँ-‘योग्यतामात्र हेरेर हुन्न हेडसर। अनुभव पनि चाहिन्छ। सेकेण्ड हेडसरको पद सम्हाल्न लायकको टिचर भनेको विष्णु सर नै हो। म उहाँलाई नै सिफारिस गर्दछु।’

-‘वास्तवमातपाईँ देवी सरस्वती नै हुुनुहुन्छ म्याम।’ विष्णु सरले मेरो प्रशंसाको बाढी नै लगाए। सबैको सहमतिमा उनैलाई स.प्र.पदमा बढुवा गर्ने निर्णय भयो। सबैले ताली बजाएर समर्थन गरे।
  …

त, स्कुलको वार्षिकोत्सव कार्यक्रममा मैले शिक्षा पुरस्कार ग्रहण गर्ने बेला आयो। कार्यक्रम सञ्चालक बहिनीले घचघच्याए पछि मात्र म वास्तविक धरातलमा आइपुगेकी थिएँ।
पुरस्कार थापेपछि मैले संक्षिप्त मन्तव्य दिएँ—‘घरको जग बलियो भएमात्र घर बलियो हुन्छ। हो, स-साना बालबालिका भनेका घरका जग हुन्। आजको मेहनतले नै करिब दस वर्षपछिको फलामे ढोकालाई फोर्न सक्छन्। त्यहीभएर मैले आजसम्म प्राथमिक तहको क्लास लिन छाडिनँ।’

मेरो मन्तव्य टङ्गिएपछि यति लामो ताली बज्यो, मन्त्रीसमेत चकित परे! वार्षिकोत्सव कार्यक्रम मैजारो भयो। मेरा पाइलाहरू आफ्नो घरतिर फटाफटबढ्न थाले। घरमा पुग्नासाथ विदेशमा भएका पतिसँग संवाद गर्न थालेँ। मैले शिक्षा पुरस्कार पाएकी खबर सुनेर उनी दङ्ग परे।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो