आज यी क्षेत्रमा वर्षा र हिमपातकाे सम्भावना

डिसी नेपाल
२१ पुष २०७८ ६:५४

काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो देशशभर बदली रहने माैसम पूर्वानुमान महाशाखाले आँकलन गरेकाे छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ।

राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएकाे छ। बिहीबार देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने महाशाखाकाे आँकलन छ । प्रदेश १ र २ का एक-दुई स्थानमा वर्षा पनि हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *