परीक्षण गरेकामध्ये झन्डै एक चौथाइमा संक्रमण

डिसी नेपाल
२९ पुष २०७८ ६:४१

काठमाडौं। पछिल्लो एक सातामा नेपालमा परीक्षण गरेकामध्ये समग्रमा २३ दशमलव ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा २२ पुसमा ५ सय ४० जना संक्रमित रहेकोमा बुधबार मात्रै ३ हजार ७५ जनाका कोरोना संक्रमण देखिएको छ । कुल १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना देखिएको हो ।

संक्रमण दरको अवस्था हेर्दा कुल परीक्षणमध्ये २० पुसमा ४ दशमलव २ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै, २१ पुसमा ४ दशमलव ३ प्रतिशत, २२ पुसमा ४ दशमलव ५ प्रतिशत, २३ पुसमा ६ दशमलव ५ प्रतिशत, २४ पुसमा ७ दशमलव १ प्रतिशत कुल संक्रमण दर रहेको छ । त्यस्तै, २५ पुसमा ९ दशमलव ६ प्रतिशत, २६ पुसमा १५ दशमलव ६ प्रतिशत र २७ पुसमा १८ दशमलव ६ प्रतिशत संक्रमण भएको देखिएको छ ।

२२ पुसयता कोरोना संक्रमण दर ह्वात्तै बढेको देखिएको छ । २३ पुसमा १४ हजार ९ सय ७१ जनाको नमुना परीक्षण गर्दा एकैदिन ९ सय ३८ जना संक्रमित थपिएको थियो । २४ पुसमा ९ सय ४४ जना संक्रमित थपिए ।

साथै २५ पुसमा १२ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण ९ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । २६ पुसमा ११ हजार ४ सय २९ जनाको परीक्षण गर्दा १ हजार ४ सय ४६ जना संक्रमित थपिए । २७ पुससम्म आइपुग्दा सो संक्रमण दर बढेर २ हजार ४ सय ४४ पुगेको थियो । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *