खोप लगाउन जाँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस्

डिसी नेपाल
३० पुष २०७८ १२:२८

काठमाडौं । नेपालमा दिनदिनै कोरोना भइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितहरु बढ्न थालेका छन् । सरकारले कोरोना विरुद्धका विभिन्न खोपहरु आमसर्वसाधरणका लागि उपलब्ध गराउदै आइरहेको छ । ओमिक्रोन बढेसंगै सरकारले सबै जनालाई कोरोना विरुद्धको खोप अनिवार्य लगाउन निदेर्शन दिएको छ । सरकारले विभिन्न स्थानमा विभिन्न उमेर समुहका मानिसहरुलाई खोप लगाइरहेको छ ।

कोरोनाविरुद्धको खोप दीर्घरोग जस्तै– मुटु, मस्तिष्क, फोक्सो सम्बन्धी रोग, मृगौला रोग, मधुमेह (सुगर) शिकलसेल एनिमिया र क्यान्सर रोग भएका व्यक्तिहरुले अनिवार्य रुपमा लिनु पर्ने भनिएको छ । साथै रोग प्रतिरक्षा कमी भएका वा रोग प्रतिरक्षा कमि गर्ने औषधि सेवन गर्नेहरुले पनि यो खोप लिनु झनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी छ ।

सरकारले खोप लगाउन अनिवार्य गरेपछि खोप लगाइने स्थान अगाडी खोप लगाउनेहरुको भिड देख्न सकिन्छ । यस्तो हुँदा कोरोना झ्नै बढ्ने अवस्था देखिएको छ । यस्तो विषम अवस्थामा खोप लगाउन जाँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने हुन्छ । नत्र, कोरोना विरुद्धको खोप लगाउने क्रममा अरु रोगहरु आउन सक्ने सम्भावना हुन्छ ।

खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुराहरु :
–खोप लगाउन जाँदा कहाँ कहाँ खोप दिइदै छ रु सुचना हेर्ने वा सम्पर्क गरेर नजिकको खोप केन्द्रमा जाने ।
–नाक, मुख, चिउडो छोपिने गरी मास्क लगाउने । (सकेसम्म डबल माक्सको प्रयोग गर्ने । )

–खोप लगाउन जाँदा साबुन पानीले मिचीमिची हात धुने, यदि सम्भव भएसम्म स्यानिटाइजर साथमा लैजाने ।
–खोप लगाउने बेलामा पनि मास्कको प्रयोग गरि बस्ने ।

–आफ्नो नाम, उमेर र ठेगाना खुल्ने सरकारी परिचयपत्र वा वडाको सिफारिस लिएर जाने ।
–यो समय जाडोको भएपनि ज्याकेट भित्रबाट छोटो बाहुला भएको खुकुलो कपडा लगाउने ।

–खोप लगाउन लाइन बस्दा कम्तिमा पनि २ मिटरको दुरी कायम गर्ने ।
–खोप लगाइसकेपछि आधा घण्टा खोप केन्द्रमा नै बस्ने । सो समयमा पनि सामाजिक दुरी कायम गर्न भने नभुल्ने ।
–घर फर्किसके पछि साबुनपालीले राम्रोसँग हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने ।

कोरोनाविरुद्धको खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *