मुखमा एकताका कुरा : बगलीमा छुरा

डिसी नेपाल
३० पुष २०७८ १२:४९

पौष २७ गते पृथ्वी जयन्तीका दिन मुलुककी राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पुग्नुभयो। पूर्वराजा ज्ञानेन्द्र शाह पनि राजगद्दी छाडेपछि पहिलोपल्ट पृथ्वी जयन्तीमा पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्न सिंहदरबार अगाडि पुग्नुभयो यसपटक।

सरकारका मन्त्री र दलका नेताहरुले पनि राष्ट्रिय एकताबारे भाषण गरे। तर, दिवस नै मनाउने गरी नेपाली जनतालाई आह्वान गर्न सकेनन्, राष्ट्रले यो दिवस मनाउन सकेन।

यी दृश्यमा देखिएजस्तो नेताले बोलेजस्तो हाम्रो मुलुकको राष्ट्रिय एकता भने कायम हुनुको साटो दिनदिनै अनेकता, भड्काऊ र विभाजनका अनेकौं तिक्ततापूर्ण श्रृंखलाहरुबाट गुज्रिँदै आएको छ।

झन् पछिल्ला वर्षहरुमा त झन् भेग, जाति, जनजाति, धर्म र भाषाका आधारमा एकअर्कालाई लडाउने निकृष्ट खेलमा हाम्रा नेता, शासक र तथाकथित समाजसेवीहरु लागेकाले मुलुकभित्र विदेशीको रणमैदान बनेको हामी सबैले देखेका छौं र , भोग्न पनि थालेका छौं। नेपाली नाम र अनुहारमा विदेशीका वुख्याँचा बनेर हामीमाथि शासन गर्नेहरुको घिनलाग्दो अवस्था सहन गर्नु परेको छ।

राष्ट्रिय एकता भनेको हामी नागरिकहरुको राष्ट्र प्रेम, राष्ट्रभक्ति, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान हो। मातृभूमिको अखण्डता रक्षा भाव हो। सबै नेपाली साझा राष्ट्रिय झण्डामुनि गोलबद्ध भई मातृभूमिको रक्षा कल्याण सम्मानप्रति सगौरव समर्पित हुनु हो।

नेपाल परापूर्वक कालदेखि विविधताले भरिपूर विचित्रको सुन्दर, शान्त, विशाल मुलुक हो। १२६ जातजाति, १२३ भाषिक समुदाय टम्म मिलेर शान्तपूर्वक बसेको नेपाल बहुसांस्कृतिक र बहुधार्मिक दुर्लभ हिमाली राज्य हो।

आफू खुइलिएर डढेर परदेशी जासुस हसाउने, नचाउने पोस्ने कालो वर्ष भयो। कृतिम एकता छिनमा भङ्ग भएर परदेशभक्तिमा परिणत भयो। आफ्नो दल आदर्श सिद्धान्त छिनमा त्याग भयो। किन शीर्ष नेतृत्वहरु यति धेरै बैगुनी र राष्ट्रघाती छन्? सत्तामा पुग्नासाथ र सरकारबाट बहिरिनासाथ दुबै अवस्थामा जासुसको पाउमा लम्पसार पर्ने र मातृभूमिविरुद्ध युद्ध छेड्न अग्रसर भइहाल्ने?

मुलुक जति धेरै जातजाति, जीवनशैली, धर्म, रहनसहन रीतिरिवाज, चाडबाड, खानपान र भेषभुषायुक्त भयो उति राम्रो र आकर्षक मानिन्छ। प्राकृतिक र जैविक विविधता नेपालको अर्को अनुपम सौन्दर्यता र शोभा झल्काउने सम्पति हो। यिनै सुन्दर र शोभायमान विशेषताले गर्दा हो नेपाल विश्व पर्यटकहरुको अनिवार्य गन्तब्य बनेको।

राज्यलाई हेर्ने जाँच्ने र नाप्ने ऐना नै राष्ट्रिय एकता हो। नेपाल बनेको र हालसम्म टिकेको आधारशीला पनि त्यही थियो अर्थात् पुर्खाको व्याज खाएर अहिले जति नै विभाजित भएपनि हाम्रो मुलुक टिकिरहेको छ। तर, कहिलेसम्म?

राष्ट्रिय एकताका चुनौतीहरु

नेतृत्व र सत्ताधारीहरुको जासुसी चरित्र, बिकाउ जीवनशैली, होलिवाइन नसा र राष्ट्रघाती कुनियतले राष्ट्रिय एकतालाई बर्षौंदेखि तिखो प्रहार गरिरह्यो। राजनेताको खडेरी मातृभूमिलाई पहिलो र ठूलो चुनौती भइरह्यो। परदेश भक्तहरुको कुशासनले राष्ट्रिय एकता सुदृद हुन दिएन।

१० वर्षे लामो सशस्त्र द्वन्द्व, संक्रमणकाल र द्वन्द्वले जबर्जस्त आयात गरेका महंगा उपहार संघीयता, धर्मनिरपेक्षता र समावेशी नामको परिवारबाद आधुनिक नेपालका सबैभन्दा खतरनाक चुनौती हुन्।

अहिलेको मुलुकको दुरावस्थालाई हेर्दा परदेशमा लिखित, विदेशबाट आयातित उँटजस्तो भन्दै हालको संबिधानलाई द्वन्द्वको झिल्को र एकता भाड्ने दस्ताबेज भन्ने समूहलाई कसरी बेठिक भन्ने? सीमा अतिक्रमण, धर्म संस्कृति अतिक्रमण, सम्पदा सम्पति अतिक्रमण, नेपाली जनतामाथि आक्रमण राष्ट्रिय एकता ध्वस्त पार्ने अरु चुनौतीहरु हुन् जसको नेतृत्व अहिलेका राजनीतिक दलहरु र तिनका नेताहरुले गरिरहेका छन्।

खाँचो एकताको वर्ष बिभाजनको

गएको वर्ष मातृभूमिलाई सबैभन्दा धेरै एकताको खाँचो थियो। मुलुकको सिमा र अस्मिता रक्षाको लागि। महामारी बिरुद्ध एकजुट भएर जुध्नको लागि। बाढी पहिरो डुबान डढेलोजस्तो विपद परास्त गर्नको लागि। विदेशबाट असरल्ल फिर्ता आएका जनताहरुलाई उचित व्यवस्थापन स्वागत र राहत दिनको लागि।

कुना कन्दराका पीडित जनतालाई सर्वसुलभ स्वास्थ्य र न्याय सेवा उपलब्ध गराउनको लागि। राजनीतिक स्थिरताको लागि। बिडम्बना भनौं, त्यो वर्ष अन्तरिक झगडा, कलह, बिभाजन र विग्रहको ऐतिहासिक भाडभैलो भयो। देख्नेलाई लाज।

आफू खुइलिएर डढेर परदेशी जासुस हसाउने, नचाउने पोस्ने कालो वर्ष भयो। कृतिम एकता छिनमा भङ्ग भएर परदेशभक्तिमा परिणत भयो। आफ्नो दल आदर्श सिद्धान्त छिनमा त्याग भयो। किन शीर्ष नेतृत्वहरु यति धेरै बैगुनी र राष्ट्रघाती छन्?

सत्तामा पुग्नासाथ र सरकारबाट बहिरिनासाथ दुबै अवस्थामा जासुसको पाउमा लम्पसार पर्ने र मातृभूमिविरुद्ध युद्ध छेड्न अग्रसर भइहाल्ने? आम जनतामा अपार राष्ट्रभक्ति र राष्ट्रिय एकता भाव हुने र नेतृत्वमा जालसाझी र परदेशभक्ति मात्र हुने। जनता बरदान हुने र नेतृत्वसधैं अभिशाप र भार हुने अवस्थामा छ मुलुक। यहाँनेर कोर्स करेक्सन हुनासाथ सुन्दर नेपाल १० वर्षमा स्वर्ग हुने छ।

नयाँ राजाहरुको बदमासीको पराकाष्ठा

गएको ७० वर्षको राजनीतिक, सामाजिक, संस्कृतिक, प्राकृतिक विकासक्रमलाई नियालेर हेरौं। सत्ता र सम्पतिको लागि हामीले बिदेशी मालिकको गुलामी र सलामी कति धेरै गर्‍याैं? मातृभूमि पुत्र संभावित राजनेताहरुलाई कसरी घेरा हाल्यौं, थुनछेक गर्यौं र उहाँहरुको इहलीला समाप्त हुन पुग्यो।

राजनेताहरुलाई अन्तरदेशीय क्षेप्यास्त्रले भष्म गरेको त होइन? यही मातृभूमिका कथित अनैतिक प्रतिष्पर्धामा अपराधीहरुले सुपारी मिसन गरेको हो भन्न अव हिच्किचाउनु पर्छ र? स्थिरता, शान्ति र समृद्धिको हातखुट्टा गला काटिदिएर नेपाल आमाको यो टिठलाग्दो हालत बनाइदिएको हो।

राजा महेन्द्रलाई चौतर्फी घेराबन्दी गरेर हैरान नपरेको र पुरा आयु जिउनदिएको भए बिसं २०४० भित्र नेपाल झिलिमिली दोस्रो स्विजरल्याण्ड अथवा सिङ्गापुर भइसक्ने थियो भन्ने आशा अझै पनि मानिसहरुमा छ। राजा बीरेन्द्रको उपर भएको षड्यन्त्र र आक्रमण उल्लेख गरिरहनै परेन। आशालाग्दा भनिएका नेता मदन भण्डारीको रहस्यमय मृत्युले पनि कुनै षड्यन्त्रकै संकेत गरेकै छ।

सरकारले पृथ्वीनारायण शाहको देश र देशबाशीलाई खै के दियो ? कि मातृभूमिलाई उठ्न नसक्ने गरी बिक्री वितरण कब्जा गरेर थिलथिलो पार्‍याे? सबैलाई कष्ठस्थ छँदैछ।

बाहिर कथित जनयुद्ध तर भित्र धनयुद्धले नेपाल आमालाई दिएको विभाजन र विखण्डनका उपहार भन्नै परेन। त्यो युद्ध नायकहरुको सिद्धान्त, आदर्श, शासन र निर्देशनले मुलुकलाई एक्ल्याउनका अतिरिक्त आर्थिक टाट् उल्ट्याएको र असफलउन्मुख तारेभिरतर्फ घोक्रयाइरहेको कुरा पनि घाम जस्तै छर्लङ्ग छ।

त्यसमाथि कम्युनिष्टहरुको शाक्तिशाली सरकारले देश र जनतालाई सबैभन्दा धेरै पिरोल्यो। देश, जनता, प्रजातन्त्र, न्यायालय, राजनीति, कुटनीति र अर्थतन्त्रलाई एउटै खाल्डामा हाल्यो र तहसनहस पार्यो। राष्ट्रिय एकता र स्वाभिमानलाई पोलेर खायो ।

अव होलीवाइन, जासुस भत्ताको नशामा मस्त अनगिन्ती शासकहरुले दावीका साथ भन्नुपर्‍याे- तपाईंहरुले पृथ्वीनारायण शाहलाई जित्ने र गाली गर्ने नैतिक हक र अधिकार कहाँबाट प्राप्त गर्नुभयो?

विदेशी जासुस छिर्न नदिनु भनी पृथ्वीनारायण शाहले भनेको ठाउँमा विदेशी जासुसहरुको क्रिडास्थान बनायौ हामीले मातृभूमिलाई। सन्तुलित कुटनीति भनेको ठाउँमा चाइना इण्डिया कार्ड खेलाउने आलाकाँचा माष्टर भयौ हामी। आत्मनिर्भरउन्मुख अर्थतन्त्रको अर्तिलाई उल्टाएर उद्योगधन्दा, सम्पदा, कृषि, जडिबुटी, जल र जमिन जंगल जनशक्ति कौडीको भाउमा बेच्यौं।

प्रजा बलियो बनाउनु पर्ने ठाउँमा आफू र आसेपासे नवधनाढ्य बनायौं। पैसा सन्चित गर र विदेश नपठाऊ भनेकोमा ढुकुटी रित्तो पार्‍याैं।  स्वदेशी उत्पादनमा बाँच्न सिक भनेकोमा स्वदेशी उत्पादनको शिर छेदन गरिदियौं । अव हामी कसरी आफू राजनेता, जनप्रिय नेता र विकासबादी लोकप्रिय नेता भयौं राष्ट्र निर्माता माथि गाली बर्साउने?

अट्टेरी र घामट संघ

हरेक मुलुकले आफ्नो पहिचान, जन्म र मान्यता पाएको दिनलाई भब्यरुपमा राष्ट्रिय दिवस मनाउदँछन्। गणतन्त्र आउनुअघि पुष २७ गते पृथ्वी जयन्ती अथवा राष्ट्रिय एकता दिवस हरेक वर्ष भब्य र सभ्यरुपमा मनाइन्थ्यो।

राष्ट्र निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाह र पछि राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीक मानिन्थ्यो, राजसंस्थाको बहिर्गमन र गणतन्त्रको आगमनपछि यो दिवसलाई पूर्णबिराम मात्र लगाइएको छैन, राष्ट्रनिर्माता, बहादुर एकीकरणकर्ताको निस्वार्थ त्याग र समर्पणलाई धुलिसात पारेर उहाँलाई घटिया गाली बेइज्जती गर्ने अमर्यादित र अशोभनीय होडबाजी चल्न सुरु भएको छ।

मातृभूमिको रक्षा कल्याण सम्मानमा समर्पित नेपाली सेनाले राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा बिपरित हर्कत र जासुस गर्ने नेतृत्वपंक्तिलाई अव सचेत र सतर्क गराउनु पर्दछ। राष्ट्रिय एकता अनिवार्य कायम गर्न बिगुल फुक्नुपर्दछ। पृथ्बीनारायण शाह अध्ययन केन्द्र आफ्ना प्रांगणमा गोप्यसँग होइन ऐतिहासिक खुला स्थलमा स्थापना गर्न र सगौरव त्यसबहको अपनत्व लिन सरकारलाई कडा दबाब दिनुपर्दछ।

अधिकाशं दलहरु, संघ संस्थाहरु र नेपाली नागरिकहरुको मागलाई लत्याएर सरकार कानमा तेल हालेर बसेको छ। संघ अनिर्णय बन्दी भएपछि यो वर्ष प्रदेश, नगरपालिका, गाउँपालिकाहरुले स्वविवेक स्वनिर्णयमा स्वस्पुर्त बिदा घोषणा गरेर राष्ट्रिय एकता दिवस भब्यरुपमा मनाएपछि संघको अट्टेरपन र घामटपन छाताछुल्ल भएको छ।

जनताको आवाज नसुन्ने र अटेर गर्ने सरकार कसको इशारामा चलिरहेको छ भन्ने जिज्ञाशा चलिरहेको छ। सरकारको यो असम्बेदनशिलताले उसको पहलता, निर्णय क्षमता र न्याय मरेको आभाष दिन्छ । पुर्वराजा अथवा शाह बंशीय नाताका आधारमा पुर्वाग्रह, प्रतिशोध र रोषपूर्ण ढंगले एकता दिवस नमनाउनु सरकारको चरम अट्टेरीपन र नामर्दपन हो। जासुसलाई गुलाम र विदेशीलाई सलाम हो।

अब संबेदनशील हुने पालो

समयले हामीलाई धेरै पछाडि पारिसक्यो। अब हामी संबेदनशील होऔं। नेपाली सेना, अन्य सुरक्षा निकाय, राष्ट्रसेवक, शिक्षक, बिद्यार्थी मात्र होइन नेतृत्ववृत र शासक वर्ग सबै भन्दा धेरै सचेत इमान्दार र जवाफदेही होऔं। इतिहासविद, प्राज्ञ, बिज्ञ, सोधकर्ताहरु मातृभूमिको माटोको टिका लगाएर जनतालाई साहसका साथ सत्य बोलुन र राष्ट्रिय एकता मजबुद बनाउन इमान्दारीका साथ योगदान गरुन्।

संविधानका धारा ६१ ले नेपाली सेनाकाे परमाधिपति राष्ट्रपतिलाई नेपालको राष्ट्रिय एकताको प्रबर्द्धन गर्न जिम्मेवारी दिएको छ। यो राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतिक र संरक्षक भएर देखाउने सुवर्ण अवसर हो।

संविधानको धारा २६६ ले नेपालको समग्र राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र प्रतिरक्षा नीति तर्जुमा गर्ने जिम्मा राष्ट्रिय सुरक्षा परिषदलाई दिएको छ। प्रधानमन्त्रीलाई  र सुरक्षा निकायहरुलाई राष्ट्रिय एकतामार्फत राष्ट्रिय सुरक्षा सुदृढ गर्न अर्को अपूर्व  अवसर।

धारा २६७ ले नेपालको स्वतन्त्रता सार्वभौमसत्ता, भौगोलिक अखण्डता,स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्न जिम्मेवारी नेपाली सेनालाई तोकेको छ। प्रधानसेनापतिलाई आफ्नो पहलता, प्रतिभा, साहस र नेतृत्वकला प्रदर्शन गरेर राष्ट्रिय एकता कायम गर्दै राष्ट्रिय सुरक्षा मजबुद गर्ने दुर्लभ अवसर दिएको छ।

मातृभूमिको रक्षा कल्याण सम्मानमा समर्पित नेपाली सेनाले राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा बिपरित हर्कत र जासुस गर्ने नेतृत्वपंक्तिलाई अव सचेत र सतर्क गराउनु पर्दछ । राष्ट्रिय एकता अनिवार्य कायम गर्न बिगुल फुक्नुपर्दछ । पृथ्बीनारायण शाह अध्ययन केन्द्र आफ्ना प्रांगणमा गोप्यसँग होइन ऐतिहासिक खुला स्थलमा स्थापना गर्न र सगौरव त्यसको अपनत्व लिन सरकारलाई कडा दबाब दिनुपर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *