सफाइकर्मीका लागि स्वास्थ्य केन्द्र सञ्चालनमा

डिसी नेपाल
३० पुष २०७८ १६:४५

काठमाडौं । काठमाडौँ महानगरपालिका–१९ मा सफाइकर्मीहरुलाई सहज होस् भन्ने उद्देश्यले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा आएको छ ।

कामपा र फ्रान्सको मेड्सा डू मोन्डको आर्थिक साझेदारीमा साबिकको स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपिडी सेवासहितको केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त सेवा बिहीबारदेखि सञ्चालनमा आएको छ । सहरी समुदायको स्वास्थ्यमा अनौपचारिक क्षेत्रका सफाइकर्मीलाई पहुँच बढाउन स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका रुपमा स्तरोन्नति गरिएको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

केन्द्रमा एक डाक्टर, एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्ट, एक ल्याब असिस्टेन्ट र एक कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ । प्रवक्ता डङ्गोलले केन्द्र सञ्चालनका लागि समन्वय समिति तथा रणनीतिक र व्यवस्थापन समिति गठन गरिएको बताए। क्लिनिकमा ओपिडी सेवा र औषधि निःशुल्क हुनेछ । प्रयोगशाला सेवा भने सहुलियत शुल्कमा उपलब्ध हुनेछ । यसमा पनि सरसफाइजस्तो जोखिममा काम गर्ने व्यक्तिहरुका लागि थप छुटको व्यवस्था गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *