जुनियर प्रहरीको बढुवाको बाटो खुल्यो, ३ वटा नयाँ दर्जा थप

डिसी नेपाल
३ माघ २०७८ १९:३४

काठमाडौं । प्रहरी (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै जुनियर प्रहरीको बढुवामा बाटो खुलेको छ । गृहमन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकासित गरेपछि प्रहरीमा थपिएको नयाँ पद पनि कार्यान्वयन हुने भएको छ ।

नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थपिएको थियो । सोही अनुसार प्रहरी प्रधान कार्यालयले बढुवाको प्रकृया पनि अघि बढाउने जनाएको छ । राजपत्रमा प्रकाशित भएको नियमावली अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार र सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक ३ वटा दर्जा थपिएको छ ।

हाल प्रहरीमा ४६ हजार २ सय १९ प्रहरी जवान छन्, प्रहरी हवलदार १४ हजार ९८९ र प्रहरी नायब निरीक्षक (सई) ४ हजार २९६ छन् । अब नयाँ सिर्जना हुने प्रहरी सहायक हवल्दार पदमा १५ हजार ४०६ जना जवानको बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यो सँगै नेपाल प्रहरीमा उत्साह थपिने अपेक्षा गरिएको छ । प्रहरीमा यसो गर्दा तलबमान पनि बढ्ने र दर्जा पनि थपिने भएकाले जुनिएर प्रहरीमा उत्साह आउने अपेक्षा गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *