टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु, एक जना घाइते

डिसी नेपाल
५ माघ २०७८ १२:०३

काठमाडौँ। कोटेश्वरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ । भने, एक जना घाइते भएका छन् ।  मंगलबार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गर्दा मोटरसाइकललाई टिपरले ठक्कर दिंदा मोरङ पथरी घर भएका भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बुको मृत्यु भएको हो।

ना १ क ४५०२ नम्बरको टिपरले प्रदेश-३-०२६प १८२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लिम्बु घाइते भएका थिए। उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा दुर्घटनामा गम्भीर घाइते रहेको प्रहरीले जानकारी दिए । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरको सुन्दरीघाटबाट बुधबार बिहान समातिएको प्रहरीले बताए। चालक र टिपरलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान थालिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *