पीसीआर परीक्षणको शुल्क घट्यो, अब सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ

डिसी नेपाल
५ माघ २०७८ १६:३९

काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । अब सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको ८०० रुपैयाँ लिइने स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । यसअघि सरकारी अस्पतालमा एक हजार लिने गरिएको थियो ।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *