२०२१ को आइसीसी टिम घोषित, सबै फरम्याटमा पाकिस्तानको बोलबाला, भारतको बेइज्जत

डिसी नेपाल
६ माघ २०७८ १५:४०

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले टि–२०, एकदिवसीय र टेस्ट फरम्याटका लागि २०२१ को आइसीसी टिम अफ द इयर घोषणा गरेको छ । यो टिम क्रिकेटका सबैभन्दा ठूला प्रतिस्पर्धी मानिने हाम्रा दुई छिमेकी देशहरु भारत र पाकिस्तानको लागि निकै महत्वपूर्ण देखिएको छ । २०२१ मा खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा हरेक फरम्याटका लागि ११ जनाको टिम छानिएको हो ।

आइसीसीले घोषणा गरेको २०२१ को सर्वोत्कृष्ट टिममा पाकिस्तानको बोलबाला छ । तर, आफूलाई क्रिकेटको बादशाह ठान्ने भारतको भने नराम्रोसँग बेइज्जत भएको छ । टि–२० र एकदिवसीय टिममा भारतका एक जना पनि खेलाडी परेका छैनन् । अर्कोतर्फ टेस्ट क्रिकेटमा भारतले आफ्ना भर्खरैसम्मका कप्तान विराट कोहलीलाई सर्वोत्कृष्ट ब्याटर भन्ने गरेको छ । तर, कोहलीले आइसीसीको टेस्ट टिममा स्थान बनाउन सकेका छैनन् ।

आइसीसीको टि–२० टिमको कप्तान पाकिस्तानी कप्तान बाबर आजमलाई बनाइएको छ । टिममा ब्याटिङ अर्डरका आधारमा जोश बटलर (इङल्याण्ड), मोहम्मद रिजवान (विकेटकिपर, पाकिस्तान), बाबर आजम (कप्तान, पाकिस्तान), एडेन मार्करम (दक्षिण अफ्रिका), मिचेल मार्श (अस्ट्रेलिया), डेभिड मिलर (दक्षिण अफ्रिका), तबरेज शम्शी (दक्षिण अफ्रिका), जोश हेजलवुड (अस्ट्रेलिया), वानिन्दु हसरंगा (श्रीलंका), मुस्तफिजुर रहमान (बंगलादेश) र शाहीन शाह आफ्रिदी (पाकिस्तान) रहेका छन् ।

यसैगरी एकदिवसीय टिमको कप्तान पनि पाकिस्तानी कप्तान बाबर आजमलाई नै बनाइएको छ । टिममा ब्याटिङ अर्डरअनुसार पल स्टिर्लिङ (आयरल्याण्ड), जानेमन मलान (दक्षिण अफ्रिका), बाबर आजम (कप्तान, पाकिस्तान), फखर जमान (पाकिस्तान), राशी भान डेर डुसेन (दक्षिण अफ्रिका), शाकिब अल हसन (बंगलादेश), मुस्फिकर रहीम (विकेटकिपर, बंगलादेश), वानिन्दु हसरंगा (श्रीलंका), मुस्तफिजुर रहमान (बंगलादेश), सिमी सिंह (आयरल्याण्ड) र दुस्मन्थ चमिरा (श्रीलंका) छन् ।

टेस्ट टिमको कप्तानी न्यूजिल्याण्डका कप्तान केन विलियमसनलाई दिइएको छ । टेस्ट टिममा ब्याटिङ अर्डरका आधारमा दिमुथ करुणारत्ने (श्रीलंका), रोहित शर्मा (भारत), मार्नुस लाबुशाने (अस्ट्रेलिया), जो रुट (इङल्याण्ड), केन विलियमसन (कप्तान, न्यूजिल्याण्ड), फवाद आलम (पाकिस्तान), ऋषभ पन्त (विकेटकिपर, भारत), रविचन्दन अश्विन (भारत), केल जेमिनसन (न्यूजिल्याण्ड), हसन अली (पाकिस्तान) र शाहीन शाह आफ्रिरदी (पाकिस्तान) छन् ।

२०२१ को सर्वोत्कृष्ट टिममा टेस्ट मान्यता पाएका १२ टिममध्ये १० टिमका खेलाडी कुनै न कुनै फरम्याटमा परेका छन् । तर, टेस्ट मान्यता पाएकामध्ये वेष्ट इण्डिज र अफगानिस्तानका खेलाली भने कुनै पनि फरम्याटमा पर्न सकेनन् । पाकिस्तानका कम्तीमा तीन खेलाडी सबै फरम्याटमा परेका छन् । र, पाकिस्तानका शाहीन शाह आफ्रिदी एक मात्र यस्ता खेलाडी हुन् जो तीनवटै फरम्याटको टिममा परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *