बिट क्वाइन कारोबार गरेको आरोपमा तीन जना पक्राउ

डिसी नेपाल
७ माघ २०७८ १७:०९

काठमाडौं । क्रिप्टोकरेन्सी (बिट क्वाइन) कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले काठमाडौंबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा कस्कीका राजन भट्टराई, पर्वतका विशाल श्रेष्ठ र सुनसरीका दिपेश राज श्रेष्ठ रहेका छन् । राजन भट्टराई, बिशाल श्रेष्ठ र दिपेराज श्रेष्ठ समेतका व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी, (बिट क्वाईन)को बित्तिय कारोबार गरेको आरोप लागेको छ ।

उनीहरूलाई पक्राउ गरी बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, पठाएको महाशाखाले जनाएको छ ।

पक्राउ व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरुसँग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग २ लाख ६० हजार रूपैयाँ कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको महाशाखाले जनाएको छ । नेपाल बिट क्वाइनको कारोबार गर्न प्रतिबन्ध रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *