भारतकी कलरवाली बघिनी र हाम्रा देशका बाघ – Dcnepal

भारतकी कलरवाली बघिनी र हाम्रा देशका बाघ

हाम्रा देशका वाघहरुको कुरा गर्नुअघि यसपटक मलाई छिमेकी मुलुक भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भमा कलरवाली नामकी प्रख्यात बघिनीको भर्खरै मृत्यु भएको घटनाको सन्दर्भ जोड्न मन लाग्यो।

सैनिक सेवाको मेरो जीवनका महत्वपूर्ण समय प्रकृति संरक्षणको ड्युटीमा बिताएको एउटा अधिकृतको हैसियतमा भारतकी यी कलरवाली बघिनीको जीवन भोगाइ र उनको अन्त्येष्टीले मलाई निकै तानेको छ। कलरवाली बघिनीको १७ वर्षको उमेरमा गत शनिबार साँझ ६ः१५ बजे निधन भएको छ। उनको निधन नितान्त प्राकृतिक हो । उनी वृद्धा भएर हिँडडुल गर्न असमर्थ भइसकेकी थिइन् र पशु चिकित्सकको रेखदेख,अनुगमन र निगरानीमा थिइन्।

१४ जनवरी शुक्रबारका दिन उनी जंगलबाट विस्तारै निस्किइन्। खुला चौरमा मुरादेव खोल्सीसम्म विस्तारै पैदल यात्रा गर्दै गइन्। र, खोल्सीको स्वच्छ, शुद्ध जल पिएर छेउमा सुस्तरी बसिन्। त्यो उनको अन्तिम देह त्यागको शान्त शैली थियो।

खुला ठाउँमा प्राण त्याग्न लागेको बेला उनको रिजर्भभित्र ४२ वटा जिपले सफारी गरिरहेका थिए। सबै जिप र सबै पर्यटकहरुले कलरवालीको अन्तिम दर्शन पाए। उमेरमा मस्त र स्वस्थ हुँदा कलरवाली आफैँ ढल्किँदै, झल्किँदै, टल्किँदै जीप दौडाउने सडकमा पुग्थिन्।

जीप र पर्यटकहरुलाई हेरेर दंग पर्दथिइन्। पर्यटकहरु औधी रमाएको उनलाई मन पर्दथ्यो। तर शुक्रबार उनी स्वर्गलाई चियाइरहेकी थिइन्। पर्यटकहरु सधैंझैं उनीलाई देखेर हर्षविभोर थिए। शायद् यो दृश्य बाघ मारेर छाला काढेर बेच्ने र अवैध शिकारी हत्याराहरुले पनि टुलुटुलु हेरेका हुँदा हुन्।

१४ जनवरी शुक्रबारका दिन उनी जंगलबाट विस्तारै निस्किइन्। खुला चौरमा मुरादेव खोल्सीसम्म विस्तारै पैदल यात्रा गर्दै गइन्। र, खोल्सीको स्वच्छ, शुद्ध जल पिएर छेउमा सुस्तरी बसिन्। त्यो उनको अन्तिम देह त्यागको शान्त शैली थियो।

शिकारीहरु, हत्याराहरु र वन विनाशका मतियारहरुलाई चुनौती दिँदै कलरवालीले प्राकृतिक मृत्युवरण गरेकी थिइन्। यो आफैंमा एउटा सफल जीवनको कथा थियो बाघको लागि। कलरवाली चलचित्र निर्माता, वाइल्डलाइफ फोटोग्राफर, नेचर गाइड र पर्यटकमाझ प्रिय र प्रख्यात थिइन्।

२/२ पटक डार्ट गनको गोली खाएर २ पटक घाँटीमा कलरको अप्राकृतिक भारी बोकी बोकी उनले ११ बर्षको अवधिमा ८ बेतमा २९ वटा डमरुलाई जन्म दिएकी थिइन्। २००८ मार्चमा लगाएको कलरले काम नगरेपछि जनवरी २०१० मा उनले अर्को कलर भिर्नु परेकाे थियो।

त्यति गरेर पनि उनले बाँचेको स्वस्थ र सुखी जीवन, प्रजनन् खुबी र सन्ततिको जायजन्म, स्याहार तथा हुर्काइ बढाइ र आफ्नो रिजर्भलाई दिएका बाघ उपहारले उनले भारी नाम र सम्मान कमाइन्।

त्यतिमात्र होइन,उनको योगदान कसरी पनि फौलियो भने जब मध्य प्रदेशकै पन्ना टाइगर रिजर्भलाई बाघविहीन भनेर घोषणा गरियो, त्यहाँ कलरवाली कि सबसे सुन्दरी र जेठी डमरुलाई बीउ एवं प्रजननकाे लागि पठाइयो।

कलरवाली छोरी कसकी ?
कलरवालीका पिता पेञ्च टाइगर रिजर्भ कै सबसे शक्तिशाली राजा बाघ थिए। टि वान नाम दिइएका उनका पिताका बघिनीहरु उस्तै मस्त शक्तिशाली र सुन्दरी थिए। जहाँ जहाँ धेरै र मिठो आहार प्रजाति त्यहाँ उनको पिताको एक छत्र रजाई इलाका हुन्थ्यो।

टि-१५ नाम पाएकी कलरवाली पिताजस्तै सोखिन, शक्तिशाली र आहारबिहारको धनी जंगल आफ्नो काबुमा राखेर नियन्त्रणमा लिन माहिर भइन्। उनी आफ्ना पितालाई खुव रुचाउँथिन् अथवा अनुगमनका क्रममा पितासँग भेटिन्थिन्।

ती १५ नाम पाएकी कलरवाली पिता जस्तै सौखिन, शक्तिशाली र आहारविहारको धनी जंगल आफ्नो काबुमा राखेर नियन्त्रणमा लिन माहिर भइन्। दुई दुई पटक लठ्याउने दबाई भेटेकी कलरवालीले अक्टोबर २०१० मा ५ वटा डमरु जन्माइन्।

शायद् यो दृश्य बाघ मारेर छाला काढेर बेच्ने र अवैध शिकारी हत्याराहरुले पनि टुलुटुलु हेरेका हुँदा हुन्। शिकारीहरु, हत्याराहरु र वन विनाशका मतियारहरुलाई चुनौती दिँदै कलरवालीले प्राकृतिक मृत्युवरण गरेकी थिइन्। यो आफैंमा एउटा सफल जीवनको कथा थियो बाघको लागि।

१ भाले ४ पोथी ५ वटा डमरु नै सकुशल हुर्काएर बयस्क बनाइन्। जुन साह्रै कठिन, दुर्लभ र प्रायः असम्भव कुरो हो। बघिनीहरुले ४० प्रतिशत डमरुमात्र हुर्काउन सक्छन् भन्ने अध्ययन अनुसन्धानलाई चुनौती दिँदै उनले २९ मध्ये २५ नै डमरुलाई हुर्काएर देखाएकी थिइन्। त्यसैले उनलाई ‘सुपरमम’ टाइटलले सम्मान दिइएको थियो। किनभने उनले पेञ्च टाइगर रिजर्भलाई बाघमय र जीवन्त बनाएकी थिइन्। पेञ्च इलाकाको समुदायलाई समृद्धिको ढोका खोलिदिएकी थिइन्।

कलरवाली महिमावाली

‘स्पाइ इन जङ्गल’ नामको डकुमेन्ट्री तयार भइसकेको छ उनको। डकुमेन्ट्री छायांकन गर्नेदेखि आफै सडकमा गएर पर्यटकहरुलाई लोभ्याउने नाटक गर्न माहिर थिइन् कलरवाली। जसले आफ्नो सन्तान वृद्धि गरेर रिजर्भ, प्रदेश र राष्ट्रको नाम उच्च राख्न योगदान गर्दछ उनलाई सम्मान स्वरुप दिइने टाइटल हो ‘सुपरमम‘।

उनको महिमा बर्णन गरिनसक्नु थियो। त्यसैले उनले धेरै उपमा अथवा निकनेम पाएकी थिइन्। अर्को सम्मान थियो ‘पेञ्चकी महारानी’। बीबीसीले छायाकंन गरेको स्पाइ इन जंगल आज पर्यन्त प्रख्यात छ। त्यसमा उनका स्वस्थ, खुशी र सुखी सन्तानहरुलाई हेर्न देख्न सकिन्छ।

भब्य अन्त्येष्टी र श्रद्धा सुमन

सुपरममलाई नेचुरिलिष्ट तथा वाइल्डलाइफ फोटोग्राफर ओमबीरले उद्धार गरेर उपचार र अनुसन्धानको लागि क्याजईभ्याक गरेका थिए शुक्रबार। भोलिपल्ट १५ जनवरी शनिबार साँझ उनको स्वास गएको घोषणा गरियो।

२२ सेप्टेम्बर २००५ मा जन्मिएकी उनको अनुसन्धान वाइल्डलाईफ इन्स्टिच्युट् अफ इण्डिया (डब्लु आई आई) का डाक्टर मजुम्दारले गरेका थिए। पेञ्च टाइगर रिजर्भका फिल्ड डाइरेक्टर अशोककुमार सिंहबाट बुढ्यौलीको कारण मल्टिपल अर्गान्स फेलियर भई मृत्यु भएकी कलरवाली वघिनीको आन्द्रामा माटो, रौँ जमेर ब्लक भएको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको थियो।

त्यसपछि कलरवालीलाई फूलमाला सिन्दुर जात्रा गरेर चितामा राखी बिधि र सम्मानपुर्वक अन्त्येष्टी गरिएको थियो। स्थानीयबासीहरु भाबविह्वल भएको उनले परिक्रमा गर्दै फूलमाला चढाएको दृश्य जो कोहीलाई रुवाउने थियो। मध्य प्रदेशका चिफ मिनिष्टर शिवराज सिंह चौहानले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लेख्नु भएको थियो-२९ डमरुको ममतामयी माता पेञ्चकी महारानीले मध्य प्रदेशलाई बाघको राज्य भनेर गौरवशाली उपाधि दिलाइन्। अव पेञ्च टाइगर रिजर्भमा सदियौं वर्ष तिम्रो सन्ततिको गर्जनको ईको गुञ्जिरहने छ।

उसैगरी गृहमन्त्री नरत्तोम मिश्राले मध्य प्रदेशलाई बाघराज्य भनेर चिनाउने सुपरममलाई अन्तिम सलाम गर्दै भावपूर्ण श्रद्धाञ्जली चढाउनु भएको छ। बाघप्रेमी, प्रकृति र वातावरण प्रेमी, बाघ बिज्ञहरुको श्रद्धासुमनको ओइरो छ।

ती बाघ र यी बाघको कथा

सन् २००६ मा भारतमा बाघको संख्या १४११ थियो। १२ वर्षको दौरानमा सन् २०१८ मा भारतले बाघको संख्या बढाएर २९६७ पुर्‍यायो। अर्को दशकभित्र ३५ प्रतिशत बढाएर भारत बाघको संख्या ४००० पुर्‍याउने लक्षमा अडिग छ। १० मिलियन हेक्टर जंगल बढाएर ८१ मिलियन हेक्टर बनाउने र वर्तमान ५१ बाट टाइगर रिजर्भको संख्यासमेत बढाउने महत्वकांक्षालाई भारतले प्रकृति तथा वनजंगलको रक्षार्थ र सम्बृद्धिको लागि भनेर सगौरव दाबी गरिरहेको छ।

भारतको छिमेकी मुलुक हामीकहाँ पर्सा, चितवन, बाँके, बर्दिया र शुक्ला गरेर ५ वटा राष्ट्रिय निकुञ्जमा २३५ बाघहरु बिचरण गरिरहेका छन्। यो वर्ष बाघको गणना जारी छ र बाघको संख्या २७५ नाघ्ने पंक्तिकारको लाटो अनुमान छ। अन्तर्राष्ट्रिय बाचा र प्रतिबद्धता पूरा गर्न पनि २५० पुर्‍याउनुपर्ने छ।

बाघलाई हाम्रो अन्तर्राष्ट्रिय सिमाना थाहा छैन। उनीहरुलाई त्यो मानव निर्मित रेखा लागू पनि हुँदैन ,बाघले थाहा पाउने भनेको शान्ति, सुरक्षा, आहार, शुद्ध पिउने पानी, पर्याप्त पौडी खेल्ने घोल, ताल, नदीनाला अनि राष्ट्रिय माया र सम्मान हो।

नेपालमा बाघको गणना भइरँहदा निकुञ्जवरिपरि र बफरजोनमा बाघ-मानवद्वन्द बढिरहेका छन्। प्राबिधिकहरु समस्याग्रस्त बाघ पक्रिन तल्लीन छन्। पक्राउमा कुन बाघ पर्ने हो बाघ बिज्ञहरु चिन्तित छन्।

बाघको ट्रयाकिङ र अनुगमन नहुने, बाघको अध्ययन अनुसन्धानमा ध्यान नदिइने, बाघको बासस्थानमा अबैध घुसपैठ तथा अतिक्रमण बढ्ने र बाघ संरक्षणको नारा राष्ट्रिय ओझेलमा पर्ने हाम्रा गम्भीर समस्या हुन्।

नीतिगतरुपमा र संरचनागतरुपमा र संरक्षण प्राथमिकताका हकमा हेर्ने हो भने बाघको संरक्षण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ र त्यसको परमाधिपति राष्ट्रपति स्वयं मुलुकको सर्बोच्च पदमा आसीन हुनुहुन्छ। हाम्रा बाघ कति भाग्यमानी? अर्कोतिर राष्ट्रिय बाघ संरक्षण समितिको अध्यक्ष स्वयं प्रधानमन्त्री हुनुहुन्छ। रक्षा, कानुन, अर्थ, वनमन्त्रीहरु र मुख्य सचिव उहाँको शक्तिशाली समितिमा पदेन सदस्य हुनुहुन्छ। मुलुकको शासन चलाउनेहरु नै वाघका मुख्य संरक्षक हुदा आहा, हाम्रा बाघको अहोभाग्य! भन्नु पर्ने हो।

हाम्रो राष्ट्रिय नारा चर्को छ, संरक्षण सिद्धान्त उत्कृष्ट। नीति पनि सुन्दर। संरचना उस्तै उच्चस्तरीय। बाचा कबोल पनि सानदार, बाघ दोब्बर बढाउने र २४ प्रतिशत संरक्षण क्षेत्रलाई ३० प्रतिशत पुर्‍याई छाड्ने। सन् २०२० मा हाम्रा प्रधानमन्त्रीले युएन समक्ष सन् २०५० सम्ममा नेपाललाई कार्बन न्युट्रल राष्ट्र बनाउने प्रतिबद्धता गर्नुभएको थियो ।हामीले ताली पायौं।

भर्खरै नव नियुक्त प्रधानमन्त्रीले त्यसलाई ५ वर्ष अगाडि तानेर सन् २०४५ भित्र भनेर नयाँ घोषणा गरिदिनुभयो। हामीले झन ठूलो अन्तर्राष्ट्रिय ताली पायौं। जलवायु परिवर्तनको प्रभाव न्युनीकरण गर्ने हाम्रो भाषणको प्रतिबद्धता कदरयोग्य छ। तर व्यवहारमा प्रकृतिमाथिको दोहन र विनास भने अत्यास लाग्दो छ। चुरेको अस्तित्व र धुकधुकी समाप्त हुने दौडमा छ।

बीबीसीले छायाकंन गरेको स्पाइ इन जंगल आज पर्यन्त प्रख्यात छ। त्यसमा उनका स्वस्थ, खुशी र सुखी सन्तानहरुलाई हेर्न देख्न सकिन्छ।

बाघ ओहोरदोहोर गर्ने जैविक मार्ग अतिक्रमणको चपेटामा परेका छन्। बाघको बासस्थानभित्र बनेका सडक र पूर्वाधारहरुले बाघ मारिरहेका छन्। संरक्षणमा समर्पित निकुञ्ज प्रशासन एकतिर राजनीतिकरणको शिकार भएको छ। अर्कोतिर बजेट, श्रोतसाधन र जनशक्ति अभावको समस्या झेलिरहेको छ। बाघ‐मानव द्वन्दमा विज्ञहरु मानव क्रियाकलाप, घुसपैठ र चोरी शिकारलाई दोषी भनिरहेका छन्।

तर संरक्षण विरोधीहरु बाघ बढी भयो र संरक्षण किन चाहियो भनेर नीति निर्माताहरुलाई उल्टो कान भरिरहेका छन्। ओइरो पहिरो राहत लिने र राष्ट्रिय ढुकुटी रित्याउने अनि मानव‐बन्यजन्तु द्वन्दको नाटकले राज्यलाई ढिलोचाँडो काउछो हुने छ , हैरान पार्ने छ।

हाम्रा भाग्यमानी बाघ

भारतमा गत ३ वर्षमा ३०० बाघको मृत्यु भएको अभिलेख छ। त्यसको एक तिहाई क्षति चोरी सिकारबाट भएको दाबी गरिएको छ। यद्यपि ‘बाघ पर्यटन’ व्यापक रुपमा फस्टाएको छ र बाघको साईटिङ्ग, अध्ययन अनुसन्धान उसैगरी बढेको छ। भारतमा बाघको रक्षा र सम्मानसँग सोझै सम्बृद्धिलाई जोडेर हेरिएको छ।

भारतमा चोरी सिकारबाट बाघ मारिएको घटनाको सोझो अर्थ हुन्छ, हाम्रा बाघ सुरक्षित छैनन्। र, यहाँ पनि चोरी शिकारीहरुको बिगबिगी छ। यद्यपि, नेपालमा राष्ट्रिय उपेक्षा र सुस्तता भए पनि फिल्डमा बाघको संरक्षण पहल र प्रयास विश्वमै उत्कृष्ट किसिमको रहिआएको छ। एक दशक आगाडि नेपालका बाघहरुले लगातार ५ वर्षको शुन्य सिकारले दिएको शान्ति सुरक्षाको सास फेर्न पाए। यसको लागि फिल्डका फ्रण्टलाइन संरक्षणकर्मीहरुको टिमवर्क जति प्रशंसा गरे पनि कमै हुन्छ।

प्रकृति संरक्षण र बाघ संरक्षण हाम्रो राष्ट्रिय नारा र त्यसलाई व्यबहारमा उतार्ने प्रतिबद्धता पुरा हुनासाथ हाम्रा बाघ सबैभन्दा सुरक्षित,सुखी, खुशी र भाग्यमानी हुने छन्। हाललाई बाघको अध्ययन,अनुसन्धान र भरपर्दो अनुगमन सर्बोपरि आवश्यकता हो। बाघ विज्ञहरुले भन्ने गरेको मन्दिर र बाघको अस्पताल राष्ट्रिय प्रकृति संरक्षण कोष हो। कोषको पुनर्ताजगी र संरक्षणले मात्र बाघको भबिष्य उज्ज्वल हुन सक्दछ।

बाघ संरक्षको लगाम राष्ट्रपति र प्रधानमन्त्रीले लिई दिनुपर्दछ। त्यो भनेको बाघ प्रतिको राष्ट्रिय प्राथमिकता र अपनत्व हो। बाघले संरक्षण प्राथमिकता पाउनासाथ अन्य बन्यजन्तु र तिनका बासस्थानले स्वतसिद्ध संरक्षण प्राथमिकता पाउने छन्।

जङ्गलको शक्तिशाली राजा बाघको आयु र रजाई समय धेरै छैन। तर नेपाल अन्तिम राज्य होस् जहाँ जङ्गलको राजा बाघले खुशी,सुखी र भाग्यमानी भएर विचरण गरिरहुन्। बाघको आयु लम्ब्याउने अर्को संजिवनी बुट्टी स्थानीय समुदायहरुको हातमा छ। समृद्धिको बुट्टी बाघ र बाघ बस्ने वन हो भन्ने आत्मविश्वास जगाएर बाघको संरक्षणमा स्थानीय समुदाय स्वस्फुर्त जुट्ने बित्तिकै बाघका चुनौतीहरु सफाचट् हुने छन्।

अन्त्यमा, सबैको मन जितेकी कलरवाली बघिनीलाई मेरो ससम्मान सलाम र हार्दिक श्रद्धा सुमन। नेपालका शक्तिका स्वरुप तथा दुर्गामाताकी बाहन बाघहरु बारे अझ राम्रो अध्ययन, अनुसन्धान र अनुगमनको थालनी होस्। बाघमैत्री पूर्वाधार बनुन्। र बाघ पर्यटन फस्टाओस्। समृद्धिको ढोका खुलोेस्। र, बाघको अन्त्येष्टि बिधिपूर्वक सम्मानजनक ढङ्गले सम्पन्न गर्न पाइयोस्।

(लेखक संरक्षणविद् तथा सुरक्षा विद् हुन्)

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो