दर्जनौं स्टार खेलाडीको आइपिएल नखेल्ने निर्णय, लिलामीका लागि नाम दर्ता गराएनन्

डिसी नेपाल
८ माघ २०७८ १३:२५

काठमाडौं। इण्डियन प्रिमियर लिगका लागि हुने खेलाडीको लिलामीमा लागि खेलाडीहरुको नाम सार्वजनिक भएको छ । यो सूची सार्वजनिक भएसँगै केही स्टार खेलाडीहरुले नाम दर्ता नगराएको खुलासा भएको छ । यी स्टार खेलाडीहरुले किन नाम दर्ता गराएनन् भन्ने स्पष्ट छैन तर उनीहरुको अनुपस्थितिले आइपिएल केही खल्लो हुन सक्ने आशंका गरिएको छ ।

वेष्ट इण्डिजका क्रिस गेलले आइपिएल अक्सनमा नाम दर्ता गराएनन् । हरेक सिजनका आइपिएलमा आकर्षणका केन्द्र बन्ने गेल यसपाली अक्सनमै नआउनु फ्यानका लागि आश्चर्यजनक लागेको छ । इएसपिएन क्रिकइन्फोको रिपोर्ट अनुसार अस्ट्रेलियाका मिचेल स्टार्क, इङल्याण्डका साम करेन, बेन स्टोक्स, जोफ्रा आर्चर, जो रुट, क्रिस वोक्सले पनि आइपिएलका लागि नाम दर्ता गराएका छैनन् ।

आइपिएलका लागि नाम दर्ता गराएका सबै खेलाडीको नाम आधिकारिक रुपमा सार्वजनिक हुन बाँकी रहेकोले अझै कुन–कुन स्टार खेलाडीहरु अक्सनमा जाने छैनन् भन्ने स्पष्ट हुन बााकी नै छ । यसबाहेक आइपिएलमा यस वर्ष नदेखिने स्टार खेलाडी एबी डिभिलियर्स पनि हुन् । उनले केही समयअघि मात्र सबै किसिमका क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । यद्यपि उनले कुनै न कुनै किसिमले रोय च्यालेन्जर्स बैंगलोरसँग जोडिने बताएका थिए । यस्तोमा उनी यो सिजन बैंगलोरको कोच वा मेन्टरको रुपमा देखिन सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *