इंग्लिस प्रिमियर लिग : सिटी रोकियो, युनाइटेडको जित
काठमाडौं। इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी रोकिँदा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ। शनिबार राति भएको खेलमा शीर्ष स्थानको भ्रमणकारी टोली सिटी साउथह्याम्पटनसँग १-१ को बराबरीमा रोकिएको हो।
खेलको सातौँ मिनेटमा केली वाल्करको गोलमा घरेलु टोली साउथह्याम्पटनले अग्रता बनायो। ६५औँ मिनेतमा अमेरिक लोपार्टको गोलमा सिटी खेलमा फर्कियो। बराबरी नतिजासँगै सिटी २३ खेलमा ५७ अंकसहित शीर्ष स्थानमा यथावत छ । २२ खेलबाट २५ अंकसहित साउथह्याम्पटन १२औँ स्थानमा छ।
अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामविरुद्व १-० को जित निकालेको छ। घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड निर्धारित ९० मिनेट गोलरहित बराबरीमा रोकिएपनि इन्जुरी समयमा मार्कुस रासफोर्डको निर्णायक गोलमा महत्त्वपूर्ण तीन अंक जोडेको हो। युनाइटेडले २२ खेलबाट ३८ अंक बनाउँदै तालिकाको शीर्ष चारमा उक्लिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment