रियल मड्रिडले हार टार्‍याे, बार्सिलोनाको जित

डिसी नेपाल
१० माघ २०७८ ८:०६

काठमाडौं। इन्जुरी समयमा इडर मिलिटाओले गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले इल्चेसँगको हार टारेको छ। आइतबार राति घरेलु मैदानमा रियल मड्रिडले इल्चेसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेकाे हाे।

इल्चेबिरुद्ध २-० ले पछि परेको रियल खेलमा फर्कन सफल भएको हो। इल्चेको लागि लुकास बोए र पेरे मिल्लाले १-१ गोल गरे। रियलका लागि लुका मोड्रिक र इडरले १-१ गोल गरे । बराबरीसँगै रियल २२ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा यथावत छ। इल्चे २३ अंक जोडेर १५औँ स्थानमा छ।

राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई १-० अन्तरले पराजित गर्‍याे। भ्रमणकारी टोलीलाई जित दिलाउन फ्राङ्क्रिई डि जोङले खेलको ८७ मिनेटमा निर्णायक गोल गरे । उनले फेरान टोरेसको पास सदूपयोग गरे।

जितपछि बार्सिलोना २१ खेलबाट ३५ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ। अलाभेस भने २२ खेलबाट १७ अंकसहित रेलिगेशन जोनमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *