वीरेन्द्रनगरका पर्यटकीयस्थल बन्द

डिसी नेपाल
११ माघ २०७८ १६:१७

काठमाडौं ।कोभिड– १९ को ओमिक्रोन भाइरसको सङ्क्रमण बढ्न थालेपछि वीरेन्द्रनगरका पर्यटकीयस्थल बन्द गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले अनिश्चित कालका लागि वीरेन्द्रनगरका मुख्य पर्यकीयस्थल बन्द गरेको हो ।

नगर विकास समितिले अर्को सूचना जारी नहुँदासम्म बुलबुले उद्यान, काँक्रेविहार र शहीद पार्क बन्द गरेको जनाएको छ ।समितिका सदस्य सचिव एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा पर्यटकीयस्थलमा सार्वजनिक बिदाको दिनमा बाक्लो भीड हुने हुँदा सङ्क्रमण फैलिन नदिन प्रवेशमा रोक लगाइएको बताए ।

साथै मुख्य शक्तिपीठ देउतीबज्यै मन्दिरमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरी पूजापाठ गर्ने व्यवस्था मिलाइएको छ । पछिल्लो तथ्याङ्क अनुसार सुर्खेतमा कोरोनाका ६०० सक्रिय सङ्क्रमित छन् । तीमध्ये ८० प्रतिशत भन्दा बढी सङ्क्रमित वीरेन्द्रनगर नगरपालिकाका रहेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *