सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाकाे सम्भावना, आज हिमपात पनि हुने
काठमाडाैं। देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान सुदूरपश्चिम र गण्डकीमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक बदली छ । सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षा भएको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ।
राति पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहीबार प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली हुनेछ । पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आँकलन माैसमविदले गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment