खोटाङका आठ जना संक्रमणमुक्त

डिसी नेपाल
१२ माघ २०७८ १७:५९

काठमाडौं। खोटाङमा कोभिड–१९ बाट संक्रमित आठ जनाले संक्रमण जितेका छन् । जिल्लामा बुधबार १९ जना संक्रमित थपिँदा आठ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा गरिएको एन्टीजेन परीक्षणमा बुधबार थप १९ जनालाई संक्रमण पुस्टी भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । यससँगै जिल्लामा कोभिड–१९ को तेस्रो लहरमा संक्रमित हुनेको संख्या १५८ पुगेको छ । सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १२ हजार ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यसमध्ये ६६ हजार ६१२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड महामारीको सुरुवातदेखि हालसम्ममा जिल्लामा कूल संक्रमितको संख्या ३ हजार २२८ पुग्दा ३ हजार ५२ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *