प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाको पूर्वानुमान

डिसी नेपाल
१४ माघ २०७८ ७:०५

काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। तिनै क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। आइतबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *