नुवाकोटमा खाल्डोमा परी बालिकाको मृत्यु

डिसी नेपाल
२२ माघ २०७८ १९:१४

नुवाकोट । इँटा बनाउन खनेको खाल्डोमा परी बालिकाको मृत्यु भएको छ । सर्लाही बरथहवा नगरपालिका १५ स्थायी घर भई विदुर नगरपालिका ६ बस्ने रतन महराकी चार वर्षीया छोरी कृतिको शनिबार ज्यान गएको हो ।

विदुर नगरपालिका ६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगको इँटा बनाउन खटिएको खाल्डोमा परेर बालिकाको ज्यान गएको हो । उनका बुवा रतन सोही इँटा उद्योगमा कार्यरत थिए ।

खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *