नागढुंगा चेक प्वाइन्टबाट लागूऔषधसहित युवक पक्राउ

डिसी नेपाल
२३ माघ २०७८ १२:५३

काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट  लागूऔषधसहित एक युवकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट इसनाथ नगरपालिका-९ बस्ने वर्ष २१ का सञ्जयकुमार महतो रहेका छन्।

शनिबार साँझ काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेक प्वाइन्टमा रौतहटको गौरबाट आउँदै गरेको ना७ख ४७४९ नम्बरको यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा महतो पक्राउ परेको प्रहरीले जनाएको छ ।

महतोको साथबाट प्रतिबन्धित लागुऔषध झोलाभित्र लुकाई छिपाई ल्याएको डाइजेपाम ६ सय एम्पुल, फेनेरग्रयान ६ सय एम्पुल र नुफिन ६ सय एम्बपुल बरामत गरेको छ।  प्रतिबन्धित लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *