बालकोट पुगेका कोइरालाले ओलीसंग के कुराकानी गरे?

डिसी नेपाल
२६ माघ २०७८ ६:२२
264
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुगेका छन् । उनी ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ बालकोट पुगेको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको थपलियाले जानकारी दिए । पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका छन्।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गरेका थिए । त्यस्तै एमालेले प्रतिनिधि सभा निरन्तर अवरुद्ध गर्दै आएको विषयमा पनि दुई नेताबीच कुरा भएको थियो । थपलियाका अनुसार दुई नेताबीचको छलफल सकारात्मक रुपमा सकिएको राजधानी दैनिकमा खवर छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *